यातायात ब्यवसायी भन्छन् ‘सरकारले रोकेर रोकिन्नौं असार १८ देखि सबै गाडी झिक्छौं,’ चल्ला त सार्वजनिक सवारी ?

२०७८ असार १५, मंगलवार १७:०९ गते २०७८ असार १५, मंगलवार १७:०९ गते २०७८ असार १५, मंगलवार १७:०९ गते

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलोसँगै २५ सिट माथिका सवारी साधन जोरविजोरका आधारमा चलाउन पाउने भन्दै स्थानीय प्रशासनले नियम लागू गरेपछि यातायात ब्यवसायीले विरोध गरेका छन् ।

नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारी नियमको अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले सबै सार्वजनिक यातायात असार १८ गतेदेखि संचालन उद्घोष गरेका छन् ।

सरकारले काठमाडौं उपत्यकामा भएका ६ लाख सर्वाजनिक यातायातमध्ये २५ सिट क्षमताभन्दा माथिका मात्रै सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको थियो । त्यसैका आधारमा मंगलवारवाट केही सार्वजनिक सवारी साधन संचालनमा आएका छन् । स्थानिय प्रशासनको यस्तो निर्णयले १२ हजार मात्रै सञ्चालन हुने भएको छ । अन्य यातायात साधन थन्क्याएर राख्नुपर्ने बाध्यता भएकाले सरकारको निर्णयको विरोध गरेको व्यवसायीको भनाइ छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारको ठूला सवारीसाधनमात्रै सञ्चालन गर्ने निर्णयले थोरै सवारीसाधन संचालन हुँदा भीडभाड भएर कोरोनाको जोखिम बढ्ने भएकाले सबै असार १८ गतेबाट सवारीसाधन सञ्चालन गर्ने बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *