खुसीको खबर: मलेसियाका अबैधानिक नेपाली नेपाल फर्किदा सिधैं टीकट र पिसिआर रिपोर्ट भए पुग्ने

२०७८ असार २५, शुक्रबार १४:३६ गते २०७८ असार २५, शुक्रबार १४:३६ गते २०७८ असार २५, शुक्रबार १४:३६ गते

मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि खुशिको खबर आएको छ । अब सिधैं एयरपोर्टमा टिकट र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए हुने भएको छ ।

कोविड महामारीले गर्दा अफिसहरु समयमै सञ्चालनमा आउन नसकेपछि मलेसिया इमिग्रेसनले नयाँ नियम ल्याएको छ । यस नियम अन्र्तगत अब अबैधानिक हैसियतमा रहेका विदेशि नागरिकहरुले एजेन्ट वा अन्य कुनै बिचौलीयाको सहयोग बिना सिधै एयरपोर्टमा फिगंरिङ्ग गरेर घर फर्किन पाउने भएका छन् । यो व्यवस्था यहि सोमबार बाट लागु हुनेछ ।

यस ब्यवस्थाबाट हजारौंको संख्यामा अबैधानिक हैसियतमा रहेका नेपालीहरुले पनि सेवा लिन सक्नेछन् ।

यहि आउदो सोमबारबाट सुरु हुने यस कार्यक्रममा भाग लिनको लागि हवाई टिकट, पिसिआर रिपोर्टको साथमा आरएम ५०० बराबरको रकम भएको क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्ड लिएर जानु पर्नेछ । नगद कारोबार नहुने भएकोले तिर्नुपर्ने जरिवाना आरएम ५०० कार्डबाट तिराइने भएको हो ।

बिभिन्न कामदार श्रोत देशका दुतावासहरुले फिगंरिङ्गको लागि समय ब्यवस्थापन गर्न अनुरोध गरेको र आफ्ना नागरिकहरुलाई देश फर्कन बातावरण सहज बनाउन माग गरे बमोजिम ब्यवस्थापनमा सुधार ल्याइएको बताइएको छ । यो व्यवस्था यहि डिसेम्बर महिनाको अन्तिम सम्म लागु हुने बताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *