काठमाडौं । एम्बेस्डरस् अफ टेस्ट फर द ग्लोबल ग्यास्ट्रोनोमिको तेस्रो बार्षिक ग्लोबल टेस्ट कन्फ्रेन्स कार्यक्रम राजधानीमा एक विशेष समाहारो बीच सम्पन्न भएको छ। आयोजित कार्यक्रममा नेपाली मौलिक खानाको परिकारहरु जस्तै बेलको सर्वत,गुन्द्रुक र हरियो भटमाष सादेको अचार संगै तारेको माछा र कोवाटिको झोल र सुप,मुख्य कौर्समा पहाडी थाली सेट र डेजटमा योमरीको परिकार राखिएको थियो।

आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व संगै सेफहरु बाक्लो उपस्तिथि रहेको थियो।सेफ विनायक शाह, पुष्प थापा,गोविन्द नर्सिङ्ग के सी,कुमार चालिसे, श्रीराम अधिकारी, उद्धव थापा, लगाएत सेफहरुले कार्यक्रममा आफ्ना कुशलता प्रस्तुत गर्नुका साथै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत देखाउनुको साथै कार्यक्रमलाई ग्रीस बाट प्रतेक्ष प्रसारण गरिएको कार्यक्रम आयोजक एवम् मास्टर सेफ नारयण थपलियाले जानकारी दिए।

नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि स्वदेशमा उत्पादित सामग्री प्रवद्र्धन गर्नुका साथै नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको मास्टर सेफ पुष्पा थापाले जानकारी दिईन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *