बलिउड अभिनेत्री महिमा चौधरी: बोल्छिन् यती राम्रो नेपाली, भन्छिन्- ‘गोर्खाली हुँ’ (भिडियोसहित)

२०७८ असार २८, सोमबार ०९:१२ गते २०७८ असार २८, सोमबार ०९:१२ गते २०७८ असार २८, सोमबार ०९:१२ गते

बलिउड अभिनेत्री महिमा चौधरी: बोल्छिन् यती राम्रो नेपाली, भन्छिन्- ‘गोर्खाली हुँ’ (भिडियोसहित)
बलिउड अभिनेत्री महिमा चौधरी आफूलाई गोर्खाली भन्न मन पराउँछिन्।

नर्थ बंगाल एक्सप्रेससँगको एक भिडियो अन्तर्वार्तामा अभिनेत्री महिमाले आफू सेटमा बहिनीसँग नेपाली भाषामा कुरा गर्ने गरेको बताइन्।

‘म गोर्खाली हुँ,’ महिमाले अन्तर्वार्तामा भनेकी छन्। उनले काठमाडौँमा राम्रा फरेन गुड्स पाइने भएकाले गएका बेला जिन्स, क्यामरा, भिडियो क्यामेरा किनेर ल्याएको सम्झिन्। त्यहाँको तितौरा र गुदपाक मलाई मन पर्छ,’ उनले भनिन्।

उनले भनेकी छन्, ‘म फेरि नेपाल आउन चाहन्छु, मलाई नेपालमा निम्ता गर्नुस्!’ उनले उक्त सञ्चारमाध्यमले नेपाली भाषामै सोधेको प्रश्नको नेपाली भाषामै जवाफ दिएकी छन्। भिडियोमा उनी स्पष्ट नेपाली बोलेको सुन्न सकिन्छ ।

महिमा चौधरीको बलिउड करियर भने जस्तो अघि बढ्न सकेन । बलिउड किङ शाहरुख खानसँग फिल्म करियर सुरुवात गरेकी उनको फिल्म करियर भने झै अघि बढ्न् नसकेपनि उनको चर्चा भने राम्रै हुनेगर्छ । फिल्ममा भन्दा पनि महिमा टिभी सोमा जजको रुपमा देखिन्छिन् ।

शाहरुखसँग फिल्म परदेशबाट फिल्म करिअर सुरु गरेकी महिमा कुनै बेला बलिउडमा मालमाल बनेकी थिइन् । तर, अहिले आफ्नो घर परिवार चलाउन महिमा टिभी रियालिटी शोमा जजका रुपमा काम गरिरहेकी छन् ।

सन् २००६ मा विवाह गरेकी बलिउड अभिनेत्री महिमा चौधरीले विवाह भएको केहि समय पछि नै छोरीलाई जन्म दिएकी थिइन् ।

उनीसँग नेपालीमा गरिएको कुराकानीको भिडियो हेराैँ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *