यिनै नायिकाको लागि आफ्नो घरबार बिगारेका रहेछन् आमिर खानले, दोस्रो पटक पनि घरबार बिगारेका आमिरलाई के भन्ने ?

२०७८ असार २८, सोमबार १२:०० गते २०७८ असार २८, सोमबार १२:०० गते २०७८ असार २८, सोमबार १२:०० गते

बलिउडका चर्चित अभिनेता अमिर खानले दोस्री श्रीमती किरण रावसँग सम्बन्धविच्छेद्को घोषणा गरेसँगै भारतीय सञ्चारमाध्यममा उनको नाम अभिनेत्री फातिमा सान शेखसँग जोडिएर गसिप तथा समाचार प्रकाशित भएका छन् ।

यससँगै फातिमालाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि विभिन्न मेम्स बनाएर ट्रोल बनाइरहेका छन्। ट्विटरमा फातिमा यतिबेला ट्रेन्डिङको नम्बर वनमा छिन्। अमिरले किरणसँग विवाह गर्नका लागि पहिलो श्रीमती रिना दत्तसँगको १६ वर्षको दाम्पत्य जीवन समाप्त गरेका थिए।

किरणसँग पनि सम्बन्धविच्छेद्को खबरपछि फातिमासँग विवाहको ढोका खुलाउन उनीसँगको १६ वर्ष लामो वैवाहिक सम्बन्धविच्छेद्को घोषणा गरेको सञ्चारमाध्यम तथा अमिरका फ्यानले अड्कल काटेका छन्।नेपालसमचारपत्रमा खबर छ ।

फिल्म दंगल र ठग्स अफ हिन्दुस्तानमा सँगै काम गरेका अमिर र फातिमाको फिल्म हिन्दुस्तानको शुटिङको क्रममा नाम जोडिन थालेको थियो। फातिमाले झुठो खबरले आफूलाई फरक नपार्ने र यस्ता हल्लालाई बेवास्ता गर्ने बताएकी थिइन् । हाल भने यस विषयमा अमिर र फातिमा दुवै मौन छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *