गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको पहलमा एनआरएनए अमेरिकाको भवन निर्माण सम्बन्धी वृहत छलफल

२०७८ असार २८, सोमबार १७:१२ गते २०७८ असार २८, सोमबार १७:१२ गते २०७८ असार २८, सोमबार १७:१२ गते

१० जुलाई २०२१, न्युयोर्क अमेरीका:गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईड, क्वीन्स, न्युयोर्कमा आज एक विशेष भेटघाट एवं छलफल सम्पन्न भयो।अमेरीकी मुलधारका अत्यन्त सकृय डेमोक्रेटिक पार्टीका क्वीन्स डिस्ट्रिक्टका युवा नेता डा. एन्थोनी डी एन्ड्रयुज जूनियर (Dr. Anthony D Andrews Jr.) एवं एनआरएनए एनसीसी उपाध्यक्ष सोनाम लामाज्यु फाउन्डेशनको कार्यालयमा उपस्थित भै समसामयिक सामाजिक एवं राजनीतिक गतिविधि तथा फाउन्डेशनका कृयाकलाप, नेपाल र नेपालीजनको अवस्था एवं कोरोनाको असर र भ्याक्सिनवारे पनि वृहत छलफल गरिएको थियो।वहाँहरूलाई कार्यालयमा जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी र कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री लगायतको टोलीले हार्दिक स्वागत गर्नुभएको थियो।

त्यस अवसरमा गत अप्रिल र मे महिनामा डा. एन्थोनी डी एन्ड्रयुज जूनियरको पुर्ण सहयोगमा क्विन्स अस्पताल जमैकासँग सहकार्य गरी फाउन्डेशनले नेपाल डेक्स नै खडागरी प्रत्येक शनिवार नेपाली लगायत करीव २२०० जनालाई सहज ढंगले कोरोनाविरूद्द खोप लगाउने कार्य सुसम्पन्न गरेकोमा वहाँले फाउन्डेशन परीवारलाई धन्यवाद दिनुभयो भने फाउन्डेशनका तर्फवाट अध्यक्ष सोमनाथ घिमीरेले यस्तो जटिल परिस्थितिमा नेपालीका लागी कोटानै छुट्टयाई खोपलगाउने विशेष वातावरण सृजना गर्ने प्रमुख भुमिका निर्वाह गरिदिनुभएकोमा आभार प्रकट गर्नुभयो ।

स्मरण रहोस् नेता एन्थोनी सो अस्पतालको समुदाय संचालक समितिको अध्यक्ष र काग्रंरेसमेन एंव बाईडेन प्रसासनका विदेश सम्बन्ध समितिका अध्यक्ष र क्वीन्स डेमोक्र्याटिक पार्टीका सभापति मा. ग्रेगोरी मिक्सका भाई समेत हुनुहुन्छ।त्यसैगरी वहाँले फाउन्डेशन लगायतको विशेष अनुरोधमा विभिन्न समाजसेवी महानुभाव एवं सिनेटर तथा सिनेटका अध्यक्षता गर्ने नेता चक सुमर तथा अमेरिकी सरकार समेतलाई ध्यानाकर्षण गराई हालै नेपालमा १५ लाख जोन्सन एण्ड जोन्सन भ्याक्सिन पठाउन पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयो र आगामी दिनहरूमा थप सहयोग गर्न लागीपर्ने प्रतीवद्दता जाहेर समेत गर्नुभयो।

यसैगरी एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाज्युले वर्तमान अवस्थामा एनआरएनको गतिविधि, विगतको समीक्षा एवं निकट भविष्यमा हुन गईरहेको आईसीसी चुनाव, नेपालमा हालैभैरहेको बाढीपहिरो लगायत प्राकृतिक प्रकोप र त्यस्को असर एवं यदी न्युयोर्कको क्वीन्समा एनआरएनए अमेरिकाको भवन निर्माण हुनेछ भने यस विषयमा स्थानिय सरकारको सहयोगको लागी पहल गरीदिने विषयमा समेत नेता एन्थोनी समक्ष अनुरोध गर्नुभयो। नेता एन्थोनीले अल्पसंख्यक जनसंख्या भएका समुदायहरुलाई म र हाम्रो पार्टीले गर्न सक्ने पहल गर्न पछि नहट्ने र अरु देशको भवन निर्माण हुन्छ भने नेपालीहरुको साझा भवन निर्माण किन नहुने भन्दै न्युयोर्क राज्यका सिटी देखि स्टेट सम्म सबै निर्वाचित अधिकारीहरु सॅंग सहकार्य गर्दै समर्थन जुटाउने छु, वॅंहाले भन्नु भयो।

फाउन्डेशन अमेरीका च्याप्टर अध्यक्ष सोमनाथ घिमीरेले वहाँहरूलाई स्वागत गर्न पाउँदा प्रशन्नता व्यक्त गर्दै फाउन्डेशन सधैं सकरात्मक सोचका साथ समाजसेवामा होमिएको र वहाँहरूको साथ सहयोग र सुझाव लिई आगामी दिनहरूमा अगाडी बढ्ने विश्वास दिलाउनुभयो।
सो कार्यक्रम पश्चात फाउन्डेशनको विशेष अनुरोध स्विकारी नेता एन्थोनी नेपाली स्वादिष्ट डिनर कार्यक्रममा समेत सहभागी भै हार्दिकता जनाउनुभयो।वहाँले निकट भविष्यमा मौका मिलाएर नेपाल भ्रमण गरी प्रत्यक्षरूपमा त्यहाँको प्रकृती र नेपालीजनसँग साक्षात्कार गर्न आफु अत्यन्त उत्सुक रहेको बताएका छन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *