महाकाली, महालक्ष्मी, महासरस्वती मिलन महासंयोगमा यी राशिको चम्कियो भाग्य: राशिफल/०७५ असोज ३१ गते बुधबार

२०७५ आश्विन ३१, बुधबार ०५:१२ गते २०७५ आश्विन ३१, बुधबार ०५:१२ गते २०७५ आश्विन ३१, बुधबार ०५:१२ गते

महाकाली, महालक्ष्मी, महासरस्वती मिलन महासंयोगमा यी राशिको चम्कियो भाग्य: राशिफल/०७५ असोज ३१ गते बुधबारमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफन्तहरु बाट अनुकुल स्थिति आउन सक्ने हुन्छ । बाहिर जान्छु भन्दा भन्दै एक्कै ठाउँमा थन्किएर बस्न बाध्य हुनुपर्दा केही खिन्नता आउला । पैत्रिक कामहरुको आगमनको संकेत छ । श्रीमती तर्फबाट पनि पारिवारीक सुख–दुख प्रभावित भएको देखिन्छ । धेरै बोल्दा समस्या आउन सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला तर केहि अबरोध पनि आउनेछ । मन दिमागमा आएजति समय मिलाउनु होला । केही संघर्ष गर्नुपर्ला जस्तो देखिएतापनि छिट्टै सफलता पाउनु हुनेछ । जिम्मेवारी बढिरहनेछन् । मान सम्मानको चिन्ता होला । नाति नातिना आदि केहि समय छुटिएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – नया सर सामानहरु पाउला । प्रतिस्पर्धीहरूले हार खानेछन् । महिलाहरुको लागि खुसीको समय भन्नु पर्ला । खोजेको पाईएला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । पूजीको वृद्धि होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – अरुको सानो सहयोगले धेरै खुसि होला । आफुलाई र अरुलाई बराबर सम्मानले आउने हुनेछ । सुखको समय भएपनि किन किन खल्लो भएको जस्तो होला । निरास नहुनु होला । रोकिएका काम धेरै नभएपनि सक्ने जति बनाउन सकिनेछ । धेरै बोल्दा समस्या आउन सक्छ । अर्थको अनर्थ सोच्लान ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दैनिकीमा धेरै परिवर्तन आएपनि मन स्तिर नै रहला । चाहिने सर सामानको खोजबिन होला । युक्तिले र लगनसिलताले बिग्रेको कुरा, काम आदि जहा बाट पनि मिलाउन सकिएला । आफुले अरुको लागि सहयोग र समय दिनु पर्नेछ । बिना सित्तिमा सत्रु नबनाउनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – उद्योगमा विशेष फाइदाको योग छ । मान्छेहरुले आफुलाई दिनु पर्ने पैसा आफै दिन आउलान । नौलो मित्त्रता सुरु हुन सक्छ वा नया मित्रजनहरु पाइएला । पुजा–पाठमा संलग्न हुनु पर्ने जस्तो बातावरण होला । सहयोग गर्नेहरू धेरै भेटिनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सुधार आएको भान होला । लगनसिल र इमान्दारीको साथ अघि बढ्ने । रोजगारीबाट लाभ प्राप्त भएर आउने । कसरि पैसा कमाउ भन्ने होला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । आमा आदिको बिशेष याद आउला । अवसरको खोजीमा भौतारिनु पर्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – भमणको तयारी जस्तो गर्नु पर्ने होला । भाइ बहिनीको सुखमा कमि आउला । जुन् कुरा पैला देखि सोचिरहेको थियो त्यो पुरा होला जस्तो हुने । कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । बिबाह ब्रर्तबन्ध आदि महोत्सव होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – परिश्रम बिना फल पाउन गाह्रो हुनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । ऋण आदि लाइ तिर्न सक्ने माहोल बनेको छ । प्रतिफल अलि ढिला आउनेछ तर अबश्य आउनेछ । लत्ता कपडा किनिएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – जे बोल्यो त्यहि सत्य नमाने पनि सब तपाईसँग भने मिल्न बाध्य हुनेछन् । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने हुन्छ । जति कामहरु पुरा गरे पनि त्यस्तै जस्तो लाग्न सक्ला त्यसैले आराम पनि चाहिने भन्ने बिचार आउने हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – सृजनात्मक लगनशीलता बढ्नेछ र सफलता दिलाउनेछ । सन्तानहरु प्रत्ति राम्रो देखिएको छ । सम्बन्ध गाढ़िनेछ । भाइ बहिनीहरु सम्झेला । बिपरित स्थिति आए आफ्नो युक्ति बल प्रयोग गर्नु होला । अकस्मात आफ्नो परिजन वा नातेदारहरुलाई कहिँ बाटोमा भेटिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । मन मिल्ने मान्छेहरुको साथ पाउनेछ र साथै मिलन पनि हुनेछ । मनोरञ्जनको समय छ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *