अमेरिकामा एक महिलाले पत्ता लगाइन् आइफोनबाट क्यान्सर

२०७८ श्रावण १, शुक्रबार १९:१६ गते २०७८ श्रावण १, शुक्रबार १९:१६ गते २०७८ श्रावण १, शुक्रबार १९:१६ गते

एजेन्सी । एक महिलाले आफ्नो तीन महिनाको छोरालाई क्यान्सर भएको कुरा आइफोनको क्यामेरावाट थाहा पाएकी छन् । यो घटना अमेरिकाको हो । उनले त्यतीकै आफ्नो तीन महिने छोराको फोटो आइफोनवाट लिइरहेकी थिइन् । त्यही बेलामा उनको कोठाको बत्ती गयो र आइफोनले क्यामेराको फ्लास अन गर्यो । जसवाट उनको छोराको आँखामा क्यान्सर भएको थाहा भएको हो ।

यो घटना अहिलेको भने होइन । करिब सात वर्ष अगाडि जर्जियाकी ४१ वर्षिया जोसी रकले आफ्नो छोरा एसरको फोटो खिच्दा उनलाई आँखाको क्यान्सर रहेको थाहा पाएकी हुन्। त्यो बेला एसर तीन महिने शिशु थिए। उनले सुरुमा आफ्ना नर्स साथीहरुसंग यसबारेमा कुरा राखिन् । उनीहरुले डाक्टरलाई देखाउन सल्ल्लाह दिए । डाक्टरलाई देखाउँदा उनका छोरालाई वास्तवमै आँखाको क्यान्सर भएको पुष्टि भएको थियो ।

जोसीले फोटो खिच्न लाग्दा झुक्किएर क्यामराको फ्ल्यास अन भएको थियो। पछि सो फोटो हेर्दा एसरको दाहिने आँखामा सेतो चमक देखिएको थियो। आँखाको त्यो चमक क्यान्सरको दुर्लभ प्रकार ‘रेटिनोब्लास्टो’मा भएको थाहा पाएर जोसीले तुरुन्तै छोरालाई अस्पताल लगेको एप्पल इन्साइडरले जनाएको छ।

‘रेटिनोब्लास्टो’ एक प्रकारको आँखाको क्यान्सर हो जुन आँखाको पछाडीबाट सुरु हुन्छ। यस्तो क्यान्सर प्राय बालबालिकामा देखिन्छ र यसलाई फोटो फ्ल्यासबाट पहिचान गर्न सकिन्छ। ‘डाक्टरले जाँच गरेपछि एसरलाई ग्रेड–डी ‘रेटिनोब्लास्टो’ भएको पक्का भयो,’ जोसीले भनिन्, ‘बेलैमा क्यान्सर पत्ता लगाएको हुनाले एसरको उपचार अगाडि बढाउन सक्यौं।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed