साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज नेपाली बजारमा सुनचाँदीकाे ह्वात्तै घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन ताेलामा ६ सय रुपैयाँले घटेकाे छ ।
आज छापावाला सुन ताेलामा ६ सय रुपैयाँले घटेर प्रतिताेला ९२ हजार ६ सय रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आजका लागि तेजावी सुनको प्रतितोला ९२ हजार एक सय रुपैयाँमा काराेबार भईरहेकाे छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ एक हजार दुई सय ९५ रुपैयाँमा रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।
श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अब कति पाउँछन्
सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुर्याउने घोषणा गरेका थिए। अब श्रमिकले आधारभूत पारिश्रमिकबापत रु ९ हजार ३८५ र महँगी भत्ताबापत रु ५ हजार ६१५ गरी मासिक रु १५ हजार पाउने छन् ।
दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ३६१ र महँगी भत्ता रु २१६ गरी प्रतिदिन रु ५७७ पाउने छन् । यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ४८ र महँगी भत्ता रु २९ गरी प्रतिघन्टा रु ७७ पुगेको छ ।
यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १३ हजार ४५० रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।
रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।
चिया बगानका श्रमिकको पारिश्रमिक १२ हजार ८१
चिया टिप्दै स्थानीय बासिन्दा
यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक रु १२ हजार ८१ तोकेको हो । यसअघि चिया बगानका श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक रु ११ हजार ५६१ रहेको थियो ।
Views: 0