प्रधानमन्त्री देउवालाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

२०७८ श्रावण ४, सोमबार ११:०० गते २०७८ श्रावण ४, सोमबार ११:०० गते २०७८ श्रावण ४, सोमबार ११:०० गते

काठमाडौं । नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् ।प्रतिनिधिसभाबाट हिजो (आइतबार) विश्वासको मत प्राप्त गरेपछि पाकिस्तानका प्रधानमन्त्री खानले समकक्षी देउवालाई बधाई दिएका हुन् । खानले देउवाको कार्यकालमा नेपाल र पाकिस्तानबीचको सम्वन्ध अझ मजबुत बनदै जाने अपेक्षा गरेका छन् ।

बधाई दिँदै खानले ट्वीटरमा लेखेका छन्, ’प्रतिनिधिसभाबाट विश्वासको मत जितेका देउवालाई बधाई दिन चाहन्छु । मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन र आपसी हितका मुद्दामा मिलेर अघि बढ्ने पाकिस्तानको अपेक्षा छ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed