दक्षिण कोरियामा को’रोनाको चौथो लहर, २४ घन्टामा थपिए अहिलेसम्मकै बढी सङ्क्रमित

२०७८ श्रावण ६, बुधबार २१:३५ गते २०७८ श्रावण ६, बुधबार २१:३५ गते २०७८ श्रावण ६, बुधबार २१:३५ गते

सियोल । को’रोना भाइरस को-भि’ड १९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा को-भि’ड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना को’रोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा को-भि’ड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरु पाइएको बताइएको छ ।

यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७८४ जना को-भि’ड’का संक्रमितहरु भेटिएका हुन् ।दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।
यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको पनि बताएका हुन् । उनीहरुका अनुसार दक्षिण कोरिया को-भि’ड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा क’डाई गरेको छ ।

योसँगै दक्षिण कोरियामा को-भि’डका सङ्क्रमितको संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि को-भि’डका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको हो । अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरु कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।

यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया को’रोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।मंगलबार देखिएका यी संक्रमतिहरुमा आधाभन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ ।
कोरिया सरकारले यहाँ को’रोना वि’रुद्धको खोपको अभियानलाई ब्या’पक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed