अहिलेसम्म प्रेममा परेकी छैन, ‘लाइफ पार्टनर छान्ने अधिकार बुबाआमाले आफैँलाई छाड्नुभएको छ : एलिना चौहान

२०७८ श्रावण ९, शनिबार २३:०० गते २०७८ श्रावण ९, शनिबार २३:०० गते २०७८ श्रावण ९, शनिबार २३:०० गते

काठमाडौं। झापास्थित घरमा हुँदा एलिना चौहानलाई अपरिचित नम्बरबाट फोन आयो। “हेल्लो म संगीतकार वसन्त सापकोटा बोलेको, तपाईं गीत गाउनुहुन्छ र ?”उनलाई विश्वास नै लागेन।

“बसन्त सरबाट गीत गाउनका लागि प्रस्ताव आएपछि मैले विश्वास नै गरिनँ। मैले अर्को फोनबाट कल गर्न लगाएँ। बसन्त सरले नै प्रस्ताव गर्नुभएको रहेछ,” एलिनाले पहिलोपटक गीतका लागि अफर आउँदाको अनुभव यसरी सुनाइन्। बसन्त सापकोटाले एकैपटक तीनवटा गीत गाउन लगाए। झापामा कभर गीत गाएर उनी चर्चामा थिइन्। कालीप्रसाद बास्काेटाको स्वरमा रहेको ‘इन्स्टाको फोटो’ मा कभर (रिप्लाई) गरिन्। जुन ७४ लाख भन्दा बढीले हेरेका छन् ।

कभर गीत गाएर संगीत क्षेत्रमा आएकी एलिना सुरु-सुरु आफुले कभर गर्दा संगीत क्षेत्रकै व्यक्तिहरुले कभरे, बोक्रे कलाकार भनेर हेपेकाे कुराले उनलाइ निकै दु:ख लागेको बताइन् । संगीत क्षेत्रमा अहिलो चर्चाको शिखर पुग्नको लागि आमाको ठुलो हात रहेको एलिना बताउछिन् । लभ सङ्ग्सबाट सांगीतिक आकाशमा पसेकी एलिनाले प्रेमका लागि समय नभएको पनि बताइन् । ‘घरमा विवाहको लागि समेत खासै फोर्स छैन, तर पनि ५ वर्षसम्म म विवाहको लागि सोच्दिनँ,’ उनले भनिन् ।

प्रेम प्रसंगबारे उनी खुलेरै बाेलिन्, ‘लाइफ पार्टनर छान्ने अधिकार बुबाआमाले आफैँलाई छाड्नुभएको छ । अहिलेसम्म प्रेममा परेकी छैन । लाइफ पार्टनर ‘म यस्तो उस्तो’ भन्ने भन्दा पनि मेरो करियरमा ‘सर्पोट’ गर्ने खालको मान्छेलाई छान्छु । अनुहार त बुढेसकाल लाग्दै जाँदा चाउरिँदै जाने कुरा त हुन् नि ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *