गाई का’टेको आरोपमा छ पक्राउ, अब ३ बर्ष कैद हुने

२०७८ श्रावण १०, आईतवार ०६:२५ गते २०७८ श्रावण १०, आईतवार ०६:२५ गते २०७८ श्रावण १०, आईतवार ०६:२५ गते

सङ्खुवासभाको मादी नगरपालिका–९ मा गाई का’टेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् ।

मादी–९ स्थित दमाई खोल्सामा गाई का’ट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो । प्रक्राउ परेको सबै जनामाथि गौ’वधसम्बन्धी मु’द्दा चलाएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।

त्यस्तै सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ चेप्चेवा भिरबाट ख’सेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिलिचोङ–१ केवाडाँडाका २१ वर्षीय दिनेश राई रहेको प्रहरीले जनाएको छ । आज दिउँसो साढे २ बजे सिलिचोङ–१ स्थित स्वास्थ्यचौकीको फर्निचर बोकेर आउँदै गर्दा २१ वर्षीय राईको चेप्चेवा भिरबाट सिसुवा खोलामा ख’सेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *