नवरात्रको अन्तिम दिन, अाज सिद्धिदात्री देवीको पूजा अाराधना

२०७५ कार्तिक १, बिहीबार ०३:२१ गते २०७५ कार्तिक १, बिहीबार ०३:२१ गते २०७५ कार्तिक १, बिहीबार ०३:२१ गते

नवरात्रको अन्तिम दिन, अाज सिद्धिदात्री देवीको पूजा अाराधनाकात्तिक १, २०७५

काठमाडौं : नवरात्रको अन्तिम दिन बिहीबार महानवमी पर्व मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र अनुष्ठान यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने विजयादशमीका दिन बिहान लगाइन्छ।

नवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ।

यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ। अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ।

नवमीमा पनि शक्तिपीठ तथा दशैँघरहरूमा पशुबलि दिने परम्परा छ। शाकाहारीहरूले भने घिरौंला, कुभिण्डो र नरिवलजस्ता वस्तु बलि दिन्छन्। महानवमीका दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ।

नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ।

नवरात्रभर विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने परम्परा छ। काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो हुन्छ।

यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्यस्थल हुन्।

पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व बताइएको छ। via~thahakhabarr

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *