एजेन्सी। बागमती प्रदेशले यातायात व्यवस्था सूचना प्रणाली लागू गरेसँगै अब सवारीधनीले साथमा ब्लुबुक बोकेर हिड्नुपर्ने झन्झट हटेको छ । अब ब्लुबुकका लागि सेवाग्राहीले क्युआर कोर्डको प्रयोग मार्फत सेवा लिन सक्ने भएका हुन ।
अब ट्राफिक प्रहरीले मोबाइल एप प्रयोग गरी सेवाग्राहीको भुक्तानीसम्बन्धी विवरण चेकजाँच गर्ने छन ।जसका लागि सेवाग्राहीले राजस्व भुक्तानी पछि प्राप्त हुने उक्त क्यूआरकोर्ड हुन्छ सोही क्युआर कार्डलाई स्क्यान गरी ट्राफिकले ब्लुबुक चेकजाँच गर्ने र सेवाग्राहीको सम्पुर्ण जानकारी लिन सक्ने छन् ।
अनलाइन प्रणालीको उद्घाटन गर्दै बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्त भएको बताए । उनका अनुसार अब राजस्व भुक्तानी पछि प्राप्त हुने क्यूआर कोडका आधारमा ट्राफिक प्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी विवरण चेकजाँचका गर्न सकिने उनको बताए ।
यो सँगै अब लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सेवाग्राहीले एक पटक भने यातायात कार्यालय पुग्नुपर्ने हुन्छ । त्यसपछि दोस्रोपटकबाट सबै सेवा अनलाइन मार्फत लिन सकिने छ ।
टिएआईएस सिस्टमले अनलाइनबाट राजस्व तिर्न, ब्लुबुक र लाइसेन्स नविकरण, चेकजाच लगाएत सम्पुर्ण काम कारवाहि अनलाइनबाट हुँने सेवा उपलब्ध गराएको छ ।
Views: 0