एउटा यस्तो मन्दिर जहाँ मनले चाहेको पूरा हुनेगर्छ बिश्वास नलागे दर्शन गरि एक सेयर गर्नुहोस, भोलि पूरा हुने छ
डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् । उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् ।मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ । वर्षौंदेखि मन्दिरमा बिहान तथा साँझ पूजा एवम् भजनकीर्तन हुँदै आएको छ । स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन् ।
पुस्तौँदेखि पूजा गर्दै आएका मुख्य पुजारी तीर्थज्योति वज्राचार्य दैनिक सयौँ भक्तजन मन्दिरको दर्शन गर्न आउने भएकाले पूजाको व्यवस्थापन गर्न चुनौती हुने गरेको बताए । आफ्ना पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिने र जनताको सेवा गर्ने सुवसर पाएकामा आफू भाग्यमानी रहेको उनको भनाइ छ । उनका पाँच पुस्ताले एक सय २० वर्षदेखि पूजा चलाउँदै आएका छन् ।
दैनिक पूजामा खटिने पुजारीले मासिक तलब रु पाँच सय र पूजा खर्च रु दुई हजार २०० पाउँछन् । मन्दिरमा प्रत्येक महिना सरदर रु दुई लाख भेटी सङ्कलन हुने गरेको पुजारी वज्राचार्यले जानकारी दिए । विशेषगरी मङ्गलबार, बिहीबार र शनिबार यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ । आफूले चाहना गरेको कुरा देवीसँग माग्दा पूरा हुने भक्तजनको विश्वास रहिआएको छ ।
करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा दैनिक बिहान बेलुका गरी पाँच सयदेखि छ सय दर्शनार्थी पूजाअर्चना गर्छन् । त्यसैगरी प्रत्येक वर्ष कुकुर तिहारका दिन यहाँ विशेष मेला लाग्ने गर्छ ।नरिवल, लड्डु एवम् अन्य पूजा सामग्रीले पूजा गरिन्छ । मन्दिरमा बडादसैँको नवरात्रिमा पशुबलि दिइँदै आएको छ । बस्तीको बीचमा रहेको सो मन्दिर परिसरमा गर्मीमा पीपलको छहारीमा शीतलता लिने र जाडो याममा घाम तापेर न्यानो लिने खुला स्थान भएकाले पनि थकाइ मार्न र फुर्सदको समय सदुपयोग गर्नेहरु थुप्रै भेटिन्छन् ।
टि-२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक, यस्ता छन् नेपालका प्रतिस्पर्धी
आइसिसीले सन् २०२० मा अष्ट्रेलियामा हुने टि-२० विश्वकपको उपक्षेत्रीय छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । कुल ६२ देशले सहभागिता जनाउने उपक्षेत्रीय छनोट प्रतियोगितामा सहभागी टोलीमध्ये २५ देशले क्षेत्रीय छनोटको फाइनल चरणमा स्थान बनाउने छन् भने शीर्ष सात टोली छनोट प्रतियोगितामा सहभागी हुनेछन् ।
नेपाल रहेको एसिया ‘बी’मा मलेसिया, भुटान, म्यानमार, चीन, सिंगापुर र थाइल्याण्ड छन् । यस उपक्षेत्रबाट शीर्ष तीन टोली एसियाली छनोटमा सहभागी हुनेछन् । एसिया ‘बी’ उपक्षेत्रीय छनोट अक्टोबर ३ बाट मलेसियामा हुनेछ । प्रतियोगिता राउन्ड–रोबिन लिगका आधारमा खेलाइने छ ।
नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यानमारको सामना गर्नेछ । त्यस्तै, अक्टोबर ६ मा हुने दोस्रो खेलमा मलेसियाको सामना गर्नेछ भने अक्टोबर ७ मा तेस्रो खेल थाइल्याण्डविरुद्ध खेल्ने छ । यसैगरी, चौथो खेल अक्टोबर ९ मा भुटानविरुद्ध, पाँचौ खेल अक्टोबर १० मा चीनविरुद्ध र अन्तिम खेल अक्टोबर १२ मा सिंगापुरविरुद्ध खेल्ने छ ।
एसियाली क्षेत्रीय छनोट प्रतियोगिताका लागि यसअघि नै एसिया ‘ए’ उपक्षेत्र (पश्चिमी)बाट युएई, कुबेत र कतार छनोट भइसकेका छन् । पूर्वी र पश्चिमी क्षेत्रको छनोटबाट छानिएका तीन तीन देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् । जसबाट उत्कृष्ट दुई टिमले टि-२० विश्वकपको ग्लोबल छनोट खेल्नेछन् ।
ग्लोबल छनोटमा आइसिसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरसम्म रहेका टिम र विभिन्न क्षेत्रबाट उत्कृष्ट भएर आएका अाठ टिम गरी १४ टिम सहभागी हुनेछन् । आइसिसी टि-२० वरियताका शीर्ष नाै र आयोजक अस्ट्रेलिया गरी १० टिम टि-२० विश्वकपमा स्वतः छनोट हुनेछन् भने ग्लोबल छनोटबाट छ टिम गरी कुल १६ टिम टि-२० विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
Views: 0