मंगलबार जन्मेका मानिसको यस्तो हुन्छ भविष्य र आचरण [जीवन उपयोगी यो सामाग्री सेयर गर्नुहोस्]
एजेन्सी । मंगलबार जन्मेका मानिसको भविष्य र आचरण । ज्योतिष शास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो।
जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले मंगलबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढछ भन्ने वारेमा बुझौ ।
मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुकोस्वभाव परोपकारी किसिमको हुने गर्दछ ।यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारणउनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरैलुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ
।
यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुलेनिकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलतधारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
Views: 0