अष्ट्रेलियाको सिड्नीमा कोरोनाको संक्रमण बडेपछी एक महीना थपियो लकडाउन

२०७८ श्रावण १३, बुधबार १६:०३ गते २०७८ श्रावण १३, बुधबार १६:०३ गते २०७८ श्रावण १३, बुधबार १६:०३ गते

सिड्नी– अष्ट्रेलियाको सिड्नीमा थप एम महीनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण देखिएको छ । बुधबार न्यु साउथ वेल्समा समग्रमा १७७ नयाँ संक्रमित फेला परेका छन् । दैनिक नयाँ संक्रमितको यो संख्या गत मार्चयताकै सबैभन्दा धेरै हो ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले शुक्रबारबाट सहरमा लकडाउन खुकुलो पार्नु सम्भव नरहेको बताएकी हुन् । अहिले थपिएको एक महीनाको लागि लकडाउनको नियम अझै कडा बनाइएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया र साउथ अष्ट्रेलियामा लगाइएको लकडाउन भने बुधबारबाट हटेको छ । कोरोना महामारीको अधिकांश समय अष्ट्रेलियामा संक्रमितको संख्या तुलनात्मकरुपमा निकै कम देखिएको थियो । त्यसका लागि सरकारले सीमा बन्द गर्ने, बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्नेलगायतका व्यवस्था गर्दै संक्रमण नियन्त्रण गर्दै आएको छ । यद्यपि पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै अष्ट्रेलियामा संक्रमण बढेको हो ।
जानकारहरुले यो लकडाउन सेप्टेम्बर वा अझै परसम्म पनि जान सक्ने चेतावनी दिएका छन् । अधिकारीहरुले संक्रमणदर शून्यको हाराहारीमा नपुग्दासम्म लकडाउन खोल्न नसकिने बताएका छन् । यद्यपि पछिल्लो समय मानिसहरुले भने लकडाउनको विरोध गर्दै आएका छन् । स्रोत:- लाहुरी टि.भी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *