काठमाडौंको बनस्थली क्षेत्रमा भिषण आगलागी

२०७८ श्रावण १३, बुधबार १७:५८ गते २०७८ श्रावण १३, बुधबार १७:५८ गते २०७८ श्रावण १३, बुधबार १७:५८ गते

काठमाडौंको बनस्थली क्षेत्रमा आ’गला’गी भएको छ । आज दिउँसो साढे ३ बजेतिर वनस्थलीको एक फ्याक्ट्रीमा आ’गला’गी भएको हो । आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

‘आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित बनाइएको छ,’ उनले भने,’आगोलाई नियन्त्रणमा लिने प्रयास गर्दैछौं।’ आ’गला’गी कसरी सुरू भएको खुलिसकेको छैन। चार वटा दमकलले आ’गला’गी नियन्त्रणको प्रयास गरिरहेका छन्। त्यस्तै पानी ट्यांकरहरू पनि त्यहाँ लगिएको छ। प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको बस्नेतले जानकारी दिए।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डु’बेर ज्यान गएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डु’बे’र मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए ।

गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिनुभयो । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए ।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *