भारतीय अभिनेता सञ्जय दत्त जीवनका सबै आरोह अवरोह पछि अहिले परिवारसँग जीवन बिताइरहेका छन् । उनी बलिउडका एक यस्ता अभिनेता हुन्, जसले उद्योगको शिखरलाई छोए । तर उनी जति सफल रहे त्यति नै विवादित पनि थिए । उनले जेल जीवन पनि बिताउनु पर्यो । जसले उनको क्यारियरमै रोक लाग्यो । भारतीय सिने जगतमा सायदै त सञ्जयको जस्तो उतारचढावपूर्ण जिन्दगी कमै कलाकारको छ ।
कैयौं युवतीसँगको अफेयरदेखि लिएर न शाको लत, त्यसपछि टाडा मु द्धामा जेल, सञ्जयसँग जोडिएका यी घटना सबैले देखेकै कुरा हुन् । सञ्जय आफ्नो डेब्यू फिल्म ‘रोकी’बाट बलिउडमा छाए । उनको अभिनेत्री माधुरी दीक्षितसँगको अफेयरले पनि खुबै चर्चा पायो । दुवैले ‘साजन’, ‘खलनायक’, ‘थानेदार’, ‘कानून अपना अपना’जस्ता कैयौं हिट फिल्ममा सहकार्य गरे ।
फिल्म ‘साजन’पछि सञ्जय र माधुरी नजिकिएका थिए । त्यसपछि उनीहरुको प्रेम र विवाहसम्मको कुरा चल्न थाल्यो । तर दुवैले यो विषयमा कहिल्यै मुख खोलेनन् । एकपटक भने सञ्जयले आफूले बलिउडका कोही अभिनेत्रीसँग विवाह गर्दा त्यो माधुरी नै हुने बताएका थिए ।
सञ्जय र माधुरी हृदयदेखि नै एकअर्कालाई चाहन्थे । तर सन् १९९३ मा मुम्बई ब म काण्डका कारण सञ्जय जेल जानुपर्यो । यो घटनापछि माधुरी सञ्जयबाट टाढिन थालिन् । सञ्जयले प्रहरीको अनुमतिमा माधुरीलाई फोन गरे पनि माधुरीको आमाले ‘माधुरीले सञ्जयसँग कहिल्यै कुरा नगर्ने’ जवाफ सुनाइन् । सञ्जय आफू जेलमा रहँदा माधुरीसँग भेट्न चाहन्थे । तर माधुरी कहिल्यै पनि जेल गाइनन् । यतिसम्मकी जेलबाहिर आउदा पनि माधुरीले सञ्जयलाई भेट्न चाहिनन् ।
सञ्जयको बायोपिक फिल्म ‘सञ्जू’मा पनि माधुरी र सञ्जयको दृश्य देखाइएको थियो । तर माधुरीको आग्रह अनुसार नै त्यो दृश्य हटाइएको थियो । उनीहरु २६ वर्ष पछि फिल्म ‘क लं क’मा सँगै देखिएका थिए । एजेन्सीको सहयोगमा सभार:ताजा खबर
Views: 0