किन भयो मलेसियामा सयौं नेपालीको स्वदेश फर्किने बाटो नै बन्द?

२०७८ श्रावण १७, आईतवार १६:३७ गते २०७८ श्रावण १७, आईतवार १६:३७ गते २०७८ श्रावण १७, आईतवार १६:३७ गते

एजेन्सी। मलेसिया साउन मलेसियामा सयौँ नेपाली कामदारहरु अलपत्र परेको बताइएको छ । ‘एक्जिट मेमो’ नपाएपछि स्वदेश जान नपाएर सयौं नेपाली रोकिएको मलेसियाली सञ्चारमाध्यम ‘फ्रि मलेसिया टुडे’ ले जनाएको छ।‘एक्जिट मेमो’ आप्रवासी श्रमिकले आफ्नो ‘वोर्क भिसा’को म्याद सकिएसँगै घर जानुभन्दा अगाडी प्राप्त गर्नुपर्ने हुन्छ।

क्वलालम्पुरस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीका अनुसार देशव्यापीरुपमा कोभिड महामारीको कारणले लगाइएका प्रतिबन्दका कारण अध्यागमन कार्यालय बन्द रहेकाले यो समस्या सिर्जना भएको हो। उनले भनेका छन्, ‘यस सम्बन्धमा मलेसियाको सरकारले पुनर्विचार गर्नुपर्दछ।’देश फर्किन नपाउँदा सयौं नेपाली बेतलबी बस्नुपरेको, जसले गर्दा अलिकति बचेको रकम पनि खर्च गर्नुपर्ने बाध्यता छ।

केही नेपाली भने काम गरिरहेको साथीहरुको सहयोगमा बस्न बाध्य भएको बताइएको छ। अवैधानिक आप्रवासी श्रमिकहरूप्रति गरिएका विभिन्न अपरेसनको कारण नेपाली श्रमिक अप्ठ्यारो अवस्थामा परेको बताइएको छ।द्वितीय सचिव कार्की भन्छन् ‘उहाँहरु बैधानिक श्रमिक हुनुहुन्छ । तर, लकडाउनले निम्त्याएको परिस्थितिका कारण अवैधानिक बन्न पुग्नुभएको छ।’

दूतावासले यसबारेमा सक्दो पहल गरिरहेको कार्कीले बताएका छन्। ‘तर,यसमा पनि निश्चित सीमा हुन्छ,’ कार्कीले भनेका छन् ‘हामीसँग पाँचसयभन्दा बढी यस्ता श्रमिक हुनुहुन्छ।’दूतावासले यससम्बन्धमा अध्यागमन अधिकारीसँग कम्तीमा एउटा काउन्टर खुल्ला राखेमा श्रमिक वा रोजगारदाताले ‘एक्जिट मेमो’ प्राप्त गर्न सक्ने, र जसले गर्दा उनीहरूले निश्चित अवधिमा देश छोड्न सक्ने भन्दै अनुरोध गरिएको बताइएको छ। थुप्रै नेपाली घर जान चाहे पनि बाध्यतावस कामलाई जारी राखेको बताइएको छ।

द्वितीय सचिव कार्कीका अनुसार कतिपय नेपाली परिवारमा अत्यावश्यक काम पर्दा समेत ‘एक्जिट मेमो’ प्राप्त नगरेकै कारण अड्किएका छन् । ती नेपाली तनावपूर्ण स्थितिमा रहेको बताइएको छ। ती नेपालीले मलेसियामा आफूहरुले कडा परिश्रम गरेकोले उनीहरुलाई आफ्नो देश फर्कने वातावरण मिलाइदिनुपर्ने कार्कीको भनाइ छ।

एक फरक प्रसंगमा कार्कीले हालसम्म ४० नेपालीले मलेसियामा कोभिड–१९ को कारण ज्यान गुमाएको बताएका छन्।मृतकमध्ये कतिपयको अन्त्यस्टी खर्च रोजगारदाताले बेहोरेको र बाँकीको दूतावासले व्यहोरेको बताइएको छ। त्यस्तै, पहिचान गर्न नसकिएकोले कतिपय शवहरु अझै ‘मर्च्यूरी’मै रहेको बताइएको छ। अवैधानिक श्रमिकहरुको पहिचानमा समस्या भएको कार्कीले बताएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *