५ औं एसइई फुटसल तथा बास्केटबल प्रतियोगिताको बिजेताले दश लाख पाउने

२०७८ श्रावण १७, आईतवार १८:४४ गते २०७८ श्रावण १७, आईतवार १८:४४ गते २०७८ श्रावण १७, आईतवार १८:४४ गते

काठमाडाैं । लुम्बिनी एकेडेमि कलेज तथा स्कुलले ५ औं एसइई फुटसल तथा बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । साउन २३ गतेदेखि लुम्बिनी कलेजले एसइई दिएर बसेका विद्यार्थीलाई सहभागी गराउने गरेर फुटसलसहित बास्केटबल प्रतियोगिताको आयोजना गरेको हो ।

छात्र र छात्रा दुबै समूहको सहभागिता रहने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ट्रफी र मेडलसहित नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

१० लाख बराबरको पुरस्कार राशी रहेको प्रतियोगितामा विभिन्न स्कुल र कलेजहरु सहभागीता रहने प्रबन्ध निर्देशक तथा प्रिन्सिपल रविचन्द्र कोइराला जानकारी दिएका छन्।

लुम्बिनी एकेडेमि कलेज तथा स्कुल र कथाले इन्सिच्युटको संयुक्त सहकार्यमा यो प्रतियोगिता आयोजना गर्न लागिएको र कार्यक्रम बारे पुर्ण जानकारी पत्रकार सम्मेलन गरेर बताइने कथाले इन्सिच्युटका निर्देशक विनोद बुढाथोकीले बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *