स्वास्थ्य राज्यमन्त्री भन्छन् : पुस–माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छ

२०७८ श्रावण १८, सोमबार १४:१४ गते २०७८ श्रावण १८, सोमबार १४:१४ गते २०७८ श्रावण १८, सोमबार १४:१४ गते

१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् । आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् । उनकाअनुसार चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्नेछ । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उनले जानकारी दिए ।

चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ । अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।आफू मन्त्रालयमा आएपछि मोडेर्नाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको उनले बताए । अमेरिकी कम्पनी जोनसन एण्ड जसनसको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

१२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ भएको भन्दै उनले भने, ‘उत्पादन कम्पनीसँग खरिद प्रक्रिया थालेका छौं । आगामी पुस माघसम्म २ करोड २३ लाख खोप उपलब्ध हुन्छ ।’ हालसम्म ९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने उनले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *