फेवातालमा डुबेका २ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

२०७८ श्रावण १९, मंगलवार १४:५१ गते २०७८ श्रावण १९, मंगलवार १४:५१ गते २०७८ श्रावण १९, मंगलवार १४:५१ गते

कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा ढुंगा सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्कालै खटिई गई सो तालमा फसेका भक्तपुर घर भएका २१ वर्षिय सुगम शर्मा र २१ वर्षिया वर्षा ढुङ्गानालाई सकुशल उद्वार गरिएको हो ।

दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय साउन ६ गतेदेखि पुन सञ्चालनमा ल्याइएको हो ।

तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन। मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत अहिले बन्द छ। डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *