युएन मिशनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

२०७८ श्रावण २१, बिहीबार ११:५३ गते २०७८ श्रावण २१, बिहीबार ११:५३ गते २०७८ श्रावण २१, बिहीबार ११:५३ गते

२१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्रै चोरी भएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि-स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो ।शनिबार भएको प्रि-स्याट परीक्षा अघि नै केही परीक्षार्थीसम्म प्रश्न पत्र पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।

सञ्चारमाध्यममा समेत यसबारे समाचार आएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएका थिए । त्यसअघि पनि युएन शाखा आफैंले प्रकरणमा छानविन गरिरहेको थियो ।शाखाका एक अधिकृतले प्रश्न पत्र बाहिरिएको खबर पाएपछि प्रश्नको सेट नै परिवर्तन गरेर परीक्षा गराइएको दाबी गरे ।

लामा नेतृत्वको समितिले गरेको अनुसन्धानका क्रममा यूएन शाखाकै एक कर्मचारीले प्रश्न पत्र चोरी गरेको पाइएको छ । समिति स्रोतका अनुसार चोरी भएको पुष्टि भएपछि युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई पक्राउ गरिएको छ ।‘उनीहरुलाई सशस्त्र प्रहरी गण १ नम्बरको आन्तरिक थुनामा राखेर थप छानविन भइरहेको छ’ स्रोतले अनलाइनखबरसँग भन्यो । हवल्दार शाहको भाइबरमा प्रश्न पत्र भेटिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *