मेस्सीले बार्सिलोना छाडे !

२०७८ श्रावण २२, शुक्रबार ११:२४ गते २०७८ श्रावण २२, शुक्रबार ११:२४ गते २०७८ श्रावण २२, शुक्रबार ११:२४ गते

एजेन्सी : अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनाले बिहीबार राति आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले बार्सिलोनाला छाड्ने भएको जनाएको हो ।बार्सिलोनासँग मेस्सीको करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत पनि भएको थियो । तर, ला लिगाको नियम अनुसार अनुबन्धन सफल हुन नसकको बार्सिलोनो जनाएको छ ।

‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ । ला लिगाको नयाँ नियम अनुसार मेस्सी र क्लबबीच सहमति भएको तलब र सम्झौता मान्य नरहेको बुझिएको छ ।लामो समयको कसरत पछि दुई पक्षबीच सहमति बनेको थियो । तर बार्सिलोनामा अन्य खेलाडीले तलब घटाउन नमान्नु र ट्रान्सफर बजारमा अपेक्षित निर्णय हुन नसक्दा मेस्सीले क्लब छोड्नुपर्ने स्थिति आएको हो ।

ला लिगाको नियमअनुसार बार्सिलाेनाले आफ्नो खेलाडीको तलब स्केल घटाउनुपर्ने दबाबमा छ । तर, बार्सिलोनामा अन्य खेलाडीले तलब घटाउन नमान्नु र ट्रान्सफर बजारमा अपेक्षित निर्णय हुन नसक्दा मेस्सीले क्लब छोड्नुपर्ने स्थिति आएको हो । कोरोना महामारीले आर्थिक रुपमा कमजोर रहेको बार्सिलोनालाई नयाँ नियमले थप समस्यामा पारेको हो ।यसअघि मेस्सी र क्लबबीच पाँच वर्षको करार सम्झौता गर्ने सहमति भएको थियो । ३४ वर्षीय मेस्सीले आफ्नो तलब ५० प्रतिशत कम गरेर क्लबसँग नयाँ करार गर्ने बताइएको थियो ।

मेस्सी कोपा अमेरिका जितेपछि छुट्टि सकेर विहीबार बार्सिलोना पुगेका थिए । बार्सिलोनाले उनीसँग विस्तृत सम्झौता गर्ने योजना भएपनि लिगको आर्थिक र संरचनागत अवरोधले त्यो सफल हुन दिएन ।बार्सिलोनासँगको यात्रा टुङ्गिएसँगै मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) या प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको छ।

पीएसजीले यसअघि नै मेसीलाई प्रस्ताव गरिसकेको छ।सिटीले पनि एक सिजन अगाडि नै मेसीलाई अनुबन्ध गर्नका लागि बार्सिलोनासमक्ष गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सिया र ८९।५ मिलियन युरो दिने अफर गरेको थियो।यद्यपि, बार्सिलोनाले मेसीको ‘रिलिज क्लज’ ७ सय मिलिय युरो तोकेको थियो। ७ सय मिलियन युरो तिरेपनि बार्सिलोनाको अनुमतिविना मेसीले क्लब छाड्न पाउने थिएनन्। त्यसैले उनी एक सिजन बार्सिलोनामै बस्न बाध्य भए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *