तत्कालिन अबस्थामा आधुनिक मानिएको र अहिले सम्म ख्याति प्राप्त नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ।
थाइल्याण्डमा उपचाररत होटल एसोसिएसन हानका पूर्वअध्यक्ष कक्षपतिको आज निधन भएको हो। करिब दुई महिनादेखि उनी त्यहाँ उपचाररत थिए। उनमा मुखसम्बन्धी क्यान्सरको समस्या थियो। लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपति उपचारका लागि करिब २ महिनाअघि बैंकक गएका थिए।
७१ वर्षीय कक्षपतिमा संक्रमण पनि भएको थियो। परिवार नै साथै भएकाले शवलाई उतै अन्त्येष्टि गर्ने वा ल्याउनेबारे भोलि मंगलबार मात्रै थाहा हुने पारिवारिक स्रोतले जनाएको छ।
हानका पूर्वअध्यक्ष कक्षपति नेपालमा क्याफे संस्कार भित्र्याउने नाग्लो ग्रुपका संस्थापक थिए। बेकरी क्याफे चेन रेस्टुराँ खोलेर ममःलाई ब्रान्डिङ गर्ने कक्षपति शुभतारा स्कुलका संस्थापक समेत थिए।
किमोथेरापीपछि उनको स्वास्थ्यमा सुधार आएको बताइए पनि अचानक भएको उनको निधनले सिंगो पर्यटन क्षेत्र स्तब्ध बनेको छ। कक्षपतिका पत्नीसहित १ छोरा र १ छोरी छन्। यिनैले नेपालमा बेकरी क्याफे सुरुवात गरेका थिए। कक्षपति शुभतारा स्कुलका संस्थापक पनि हुन्।
Views: 0