राष्ट्रपति बाइडेनको राजीनामा, बाइडेनको टिम नै चकित

२०७८ श्रावण ३२, सोमबार १०:५६ गते २०७८ श्रावण ३२, सोमबार १०:५६ गते २०७८ श्रावण ३२, सोमबार १०:५६ गते

अफगानिस्तान मामिलामा असफल भएको भन्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । अमेरिकी सेनाको बहिर्गमन योजनामा सुझबुझ नपनाउँदा अफगानिस्तान अस्तव्यस्त भएको बताउँदै ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा जसलाई उनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिन जरुरी छ।’

आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन कूशलतापूर्वक गर्ने उनले दाबी गरेका छन् । बाइडेन प्रशासनले ‘अमेरिका–ता’लिबा’न सम्झौता’ ट्रम्पकै पालामा भएको जवाफ दिएको छ । तर सामरिक मामिलाका विज्ञहरुले ‘नीति ट्रम्पको भए पनि अफगानिस्तानको अराजकता’को जिम्मेवारी बाइडेनले लिनुपर्ने बताएका छन् ।

आफगानिस्तानमा ता’लिबा’नले सत्ता क’ ‘ब्जा गरेपछि बाइडेनको आलोचना भइरहेको छ । २० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको ता’लिबा’न फेरि लगभग सत्ता सम्हाल्ने अवस्थामा पुगेको छ ।

अफगानिस्तानबाट अमेरिकी र नेटोआवद्ध सैनिक फिर्ताको क्रम शुरू भएको ४५ दिनमै तालिबानले राजधानी काबुल पनि नियन्त्रणमा लिएको हो । अफगानिस्तानमा आफ्नो दूतावासका कर्मचारी र नागरिकको उद्धार गर्न नसक्दै ता’लिबा’नले राजधानी काबुल क’ ‘ब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टिमका सदस्यहरू चकित परेका छन्।

समाचार संस्था एपीका अनुसार २० वर्षसम्म अमेरिकाले यु ‘द्ध ल’डेको अफगानिस्तानमा ता’लिबा’नले यति चाँडै काबुलमा सत्ता ढा’ल्ला भन्ने राष्ट्रपति बाइडेन र उनको टिमका कसैले सोचेका थिएनन्।

‘हामीले अफगान सुरक्षा फौज देशको रक्षा गर्न असक्षम भएको देख्यौं तर यो हामीले सोचेभन्दा निकै छिटो भयो,’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सिएनएनसँग भनेका छन्। अहिले पनि काबुलमा आफ्नै नागरिक र अरूलाई उद्धार गर्न अमेरिकाले ६ हजार सैनिक तैनाथ गरेको छ। बाइडेनले यसअघि नै अगस्ट अन्त्यसम्ममा मात्रै अमेरिकी सैनिक काबुलबाट फर्किने योजना सार्वजनिक गरेका थिए।
सभार:ताज खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *