ह्वात्तै सङ्क्रमण बढेपछी भदौ मसान्तसम्म निषेधाज्ञा थपियो , बिहान ९ देखि दिउँसो १ बजेसम्म पसल खोल्न पाईने

२०७८ भाद्र १, मंगलवार १६:२३ गते २०७८ भाद्र १, मंगलवार १६:२३ गते २०७८ भाद्र १, मंगलवार १६:२३ गते

काठमाडौं । सिरहामा निषेधाज्ञाको समय एक महिना थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञाको समयावधि यही भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले गत साउन ३२ गतेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला शैलुन र होटलबाहेकका पसल, व्यवसायी बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्ने दिने निर्णय भएको उहाँले बताउनुभयो ।

यद्यपि हाटबजार लगाउन पाइने छैन । सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने जनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *