एजेन्सी । अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि धेरैले देश छाड्न खोजिरहेका छन् । यो दृश्य काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमामा देख्न सकिन्थ्यो । विमान चढेर देश छाड्नका लागि तछाडमछाड गर्नेहरुको दृश्य सामाजिक सञ्जालमा छरपस्ट भएका छन् ।

विमानको बाहिरी भागमै चढेर उड्ने क्रममा केही मानिसहरुको विमानबाट ख से र मृत्यु समेत भएका समाचारहरु बाहिरिएका छन् । यसैबीच अमेरिकी सेनाको जहाज, जुन १५० सेनालाई बोक्ने गरिन्थ्यो । उक्त जहाज ६४० अफगानी शरणार्थी बोकेर काबुलबाट कतार उडेको खुलेको छ ।

विमानस्थलमा भीडजम्मा भएसँगै अमेरिकी सेनाले चलाएको गो’ ली ला गेर कम्तिमा पाँच जनाको मृत्युसमेत भएको छ। देश छाड्न चाहने अफगानीलाई अमेरिकी कार्गो विमानले लगेको तस्वीर सार्वजनिक भएको छ।

अमेरिकी आरसीएच ८७१ विमान काबुलबाट आइतबार राति अफगानी शरणार्थीलाई लिएर उडेको छ। सी १७ विमान अमेरिकी दूतावासका कर्मचारीलाई लिनपुगेको भएपनि अफगान नागरिकहरु विमानमा घुसेका थिए।

विमानमा रहेकाहरुको संख्या ८ सयको हाराहारी भएको अनुमान गरिएको भएपनि विमानका अधिकारीहरुले भने ६४० जना रहेको बताएका डेलिमेलले जनाएको छ। उनीहरुलाई टेक्सास र विसकन्सिनमा लगिएको अमेरिकी रक्षा विभागले सोमबार पुष्टि गरेको डेलीमेलको समाचारमा जनाइएको छ।

१५० जना सुरक्षाकर्मी बस्ने गरि बनाइएको विमानमा ६४० जनाले उडान भरेका हुन्। जसमध्ये धेरै जसो महिला र बालबालिका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *