रामकुमारी झाँक्रीले हातले तान्दै माधव नेपाललाई निर्वाचन आयोग पुर्याइन

२०७८ भाद्र २, बुधबार १८:५४ गते २०७८ भाद्र २, बुधबार १८:५४ गते २०७८ भाद्र २, बुधबार १८:५४ गते

२ भदाै, काठमाडाैँ । माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएको छ। निवेदन दर्ता गर्न जाँदा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले हातले तान्दै माधव नेपाललाइ अघि बढाएकी छिन । मेरोन्युजले झाँक्रीले हातले तान्दै गरेको फोटो सार्वजनिक गरेको छ ।

नेपाल समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको हो । नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको झाक्रीले जानकारी दिइन् । उनकाअनुसार नेपाल समूहले नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो। निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ। नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बुधबारनै बसेको बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको थियो ।

विधान संशोधनका लागि एमालेद्वारा मातहतका कमिटीसँग सुझाव माग
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन २५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त विधानको मस्यौदा तयार गरेको थियो ।

सङ्घीयतानुकूल बनाइएको मस्यादौमा पार्टीमा केन्द्रीय कमिटीको सङ्ख्या समावेशिताका आधारमा दुई सय २५ कायम गर्ने, अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने, निर्वाचन चिन्हलाई सूर्यभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने, जिल्ला कमिटीलाई समन्वयको भूमिका मात्र दिने, पार्टीका कार्यक्रममा राष्ट्रिय झन्डाको प्रयोग र राष्ट्रिय धुन बजाउनेलगायत प्रावधान राखिएको छ ।

विधानलाई अन्तिम रुप दिने सन्दर्भमा पार्टी केन्द्रको निर्देशनबमोजिम सुझाव सङ्कलनका लागि प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटीका पदाधिकारी/सदस्य, स्थानीय कमिटीका पदाधिकारी/सदस्य, जनसङ्गठनका केन्द्रीय सदस्य/ जिल्ला पदाधिकारी/सदस्यलगायत इच्छुक पार्टी सदस्यलाई सम्बन्धित कमिटीले आग्रह गरेको छ । सो पार्टीले विधान महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् ।सभार:मुक्तिनाथ पोस्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *