भदौ ४ गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द धरान : अन्ततः धरान उपमहानगरपालिकाले भदौ ४ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ । बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।
कस्तो अचम्म ! जुम्ल्याहा दाजुभाइ संग जुम्ल्याहा दिदिबहिनीको विवाह
कस्तो अचम्म ! जुम्ल्याहा दाजुभाइ संग जुम्ल्याहा दिदिबहिनीको विवाह
भनिन्छ नि बिबाह देखेको होइन लेखेको हुन्छ। संयोग पनि कस्तो जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनी बिहे गर्नुपर्ने,अरुले हेर्दा पनि हेरिरहुँ लाग्ने,भाइ भाइ बिकल्पको चाहिँ अलिक बोलक्कड स्वभाव छ भने दाजु संकल्प भने केही कम र नियन्त्रीत हिसाबले बोल्ने गर्दछन् भने उता भाइलाई बोल्नमा नसकिने, हँसिलो तथा मिजासिलो स्वभावका छन्।
यता त्यीनै भाइले बिहे गरेकी दिदी भने भाइ जस्तै बोलक्कड र मिजासिलो छिन्।अनि दाइले बिहे गरेकी बहिनी भने कम बोल्ने गर्दछिन्।दुवैमा राम्रो समझदारी छ,उनीहरू जस्तो बाहिरबाट देखिन्छन्,ब्यवहारिक रुपमा समेत उनीहरू समझदार छन्।बुबाआमाको चाहना पनि कहिँकतै जुम्ल्याहा दिदीबहिनी नै खोजेर बिहे गरिदिने थियो। बिहे अगाडि जब बिकल्प र काब्या प्रेम सम्बन्धमा आए,उनीहरूले पनि एक अर्कालाई आफूहरू जुम्ल्याहा हो भनेर सुरुमा चिनेका थिएनन्। प्रेम सम्बन्धमा परेपछि उनीहरू कहिलेकाही दाजुभाइको घरमा समेत आउनेजाने गर्ने रहेछन्।
Views: 0