के तपाईंको अनुहारमा दाद छ ? हेर्नुहोस स्थायी रुपमा हटाउने सरल घरेलु उपाय

२०७८ भाद्र ५, शनिबार १५:०६ गते २०७८ भाद्र ५, शनिबार १५:०६ गते २०७८ भाद्र ५, शनिबार १५:०६ गते

काठमाडौँ । सुन्दर देखिन कसलाई पो मन छैन र । मानिसलाई सुन्दर र आकर्षक बनाउँन छालाको महत्वपूर्ण भूमिका छ । हरेक मानिस सुन्दर बन्न चाहान्छ । विशेष गरि अनुहार, घाँटी, हात, खुट्टाको छाला बाहिर देखिने हुँदा त्यो मानिसको व्यक्तित्वसँग जोडिएको हुन्छ। त्यसैले मानिसहरु छालाको सुन्दरतालाई लिएर संवेदनशील हुन्छन्। तर, छालामा विभिन्न समस्या देखिइने गर्छन्, जसले गर्दा मानिसमा तनाव उत्पन्न हुन्छ।

दादले छालालाई नराम्रो त देखाउंछ नै, चिलाउने भएका कारण पनि थप तनाव थपिदिन्छ। दादलाई निको पार्नको लागि मानिसहरु विभिन्न औषधिहरु प्रयोग गर्ने गर्छन्। तर वर्षौंसम्म पनि त्यो निको भइरहेको हुँदैन र पैसा मात्र खर्च भइरहेको हुन्छ। बरु, त्यो अझ फैलिन्छ। यस्तो अवस्थामा घरेलु उपाय निकै उपयोगी हुनसक्छ। घरेलु उपाय कम खर्चिलो, सजिलो, भरपर्दो शरीरलाई अन्य नकारात्मक असर नपार्ने किसिमको हुन्छ।

आज दादको घरेलु औषधि त हाम्रो घरमा सजिलै उपलब्ध हुने स्रोतबाट तयार गण सकिन्छ। दाद लगायत शरीरमा आउने फुस्रो दाग, चिलाउने दाद हरेकको लागि काँचो मेवा औषधि हो। दादको लागि मेवाको चोप अर्थात मेवाको दुध प्रयोग गर्नुपर्छ। यसको लागि काँचो मेवाको चोप लिएर दाद भएको ठाउँमा लगाउनुपर्छ। उक्त चोप लगाउँदा धेरै लगाउनु हुँदैन।थोरै मात्रामा लिएर त्यो दाद भएको ठाउँमा लगाएर मल्हम लगाए जसरी फिजाउनुपर्छ। यो चोप लगाएर यत्तिकै बसिरहनु भने हुँदैन। यो चोप लगाइसकेपछि आधा घण्टा जति राख्नुपर्छ। त्यसपछि आधा घण्टा पछि पानीले पखाल्नुपर्छ। यो विधि नियमित रुपमा अपनाएर हेर्नुहोस् एक हप्ता मै दाद चैट् हुने छ।

सम्वन्धित समाचार।छालामा हुने गोलो दाद ‘रिङ वर्म’।शरीर को त्वचा छाला मा हुने दाद, खाज, खुजलीबाट सायद नै कोही व्यक्ति अपरिचित होला। जीवनमा एकपटक यो समस्या प्रायस्जसो सबैले भोगेको हुनुपर्छ। जसलाई यो हुन्छ त्यो व्यक्ति ठाउँ न कुठाउँ केही हेर्दैन। लाज सर्म छोडेर कन्याउन थाल्छ । कन्याउँदा उसलाई बडा आनन्द आउँछ। कोही–कोही त यतिसम्म कन्याउनमा मस्त हुन्छन् कि रगत आउँदा पनि कन्याउन छोड्दैनन्।यस्तो हुन्छ ऐग्जिमा। यो रोग हात, खुट्टा, टाउको, छाती, काखी, दाह्री, नङ, लिंग, जाँघ, पेटको तल्लो भाग र अन्डकोशमा धेरैजसो हुन्छ। चिकित्सकीय भाषामा आयुर्वेदमा यसलाई दद् र एलोप्याथी या होमियोप्याथीमा यसलाई रिङ वर्म अर्थात् गोलो आकारको दाद भनेर चिनिन्छ। दाद अंगुठीको आकारको जस्तो गोलो हुन्छ। जसमा खुजली भइरहन्छ ।

यो रोग एक किसिमको सरुवा रोग हो। एकबाट अर्कामा फैलिने किसिमको रोग हो। यो रोग एक व्यक्तिबाट अर्कोमा तब फैलिन्छ। जब कोही व्यक्ति यस रोगबाट ग्रस्त व्यक्तिले प्रयोग गरेको चिज जस्तै तौलिया, माल, लुगाहरू वा क्रिम आदिको प्रयोग गर्दछ। दाद धातुगत ९कन्स्टिच्युसनल० रोग हो जुन शरीरभित्र धातुदोषको कारण उत्पन्न हुन्छ। अतः यस रोगलाई ठीक गर्नका लागि बाहिरी प्रयोग गर्ने मल्हमको अपेक्षा आन्तरिक सेवन गर्ने औषधिको प्रयोग गर्नु अधिक लाभदायक हुन्छ। औषधिको सेवन गर्नाले दादका जीवाणुहरूले विकासका लागि उचित वातावरण पाउँदैनन्। जसले गर्दा जीवाणु स्वयं आफैं नष्ट भएर जान्छन् र रोग ठीक पनि हुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *