काठमाडौ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २७ हजार ६४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त भए, २४ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २ हजार २४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५१६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४२ लाख ६३ हजार २४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
Views: 0