भाेली बिहान मानुषी लघुवित्तकाे आईपीओकाे यसरी गरिँदैछ बाँडफाँड, यस्ताे छ तयारी

२०७८ भाद्र ६, आईतवार २२:१९ गते २०७८ भाद्र ६, आईतवार २२:१९ गते २०७८ भाद्र ६, आईतवार २२:१९ गते

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि भदाै ७ गते साेमबार गर्ने तयारी गरेकाे छ ।

ठूलाे संख्यामा आवेदन परेकाे उक्त मानुषी लघुवित्तमा धेरैकाे हात खाली हुनेछ भने थाेरैले मात्रै भाग्य भराेसा भनेझै गरेर आईपीओ हात पार्ने छन् । उक्त आईपीओकाे प्री-अलाेटमेन्ट भदाै ३ गते बिहीबार सम्पन्न भएकाे थियाे ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे ।

जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदककाे हात खाली हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *