मलाई दाजुभाइ नभएकोमा केहि गुनासो छैन : पुजा

२०७८ भाद्र ७, सोमबार १८:४९ गते २०७८ भाद्र ७, सोमबार १८:४९ गते २०७८ भाद्र ७, सोमबार १८:४९ गते

नायिका पूजा शर्माले आफ्नो दाजुभाइ नभएकोमा कुनै गुनासो नरहेको बताएको छिन् । आइतबार काठमाडौंका लाजिम्पाटमा संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गर्न पुगेकी पुजाले उक्त्त कुरा बताएकी हुन् ।

पूजाले रिबन काटेर आजैबाट संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गर्दै भनिन्, ‘रक्षा बन्धनको दिनमा आफ्नो दाजुभाई नभएपनि मिस गर्दिन , आफ्नै आमाको कोखबाट जन्मिएका दाजुभाई नभएपनि मैले चलचित्र क्षेत्रमा लागेर धेरै दाजुभाई बनाएकी छु । यसैले पनि मलाई आफ्नै दाजुभाई भैदिएको भए हुन्थ्यो भन्ने सोच कहिले पनि आउँदैन ।’

उनीसँगै, संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल पनि उद्घाटन कार्यक्रममा पुगेका थिए ।

पूजाले आफू कफि लभर नभएको बताइन् । तर, साथीहरुसँग कफि सपमा पुगेर समय बिताउन भने रमाइलो लाग्ने उनको कथन थियो ।

संगीतकार अर्जुन पोखरेलले दुर्गा खरेलका कारण आफूले पनि कफि पिउन थालेको तर्क गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed