बसमा यात्रा गरिरहेका बेला आमा गु’माएका बालकलाई एसओएस बालग्राम नेपालले संरक्षण प्रदान गर्ने भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटाला गाउँ खारखोलाकी २८ वर्षीया धर्माकुमारी बटालाको बिहीबार रात्रिबसमा नि’धन भएको थियो। मु’टुका बिरामी धर्माकुमारी उपचारका लागि ३२ महिनाका छोरो किरणलाई लिएर बाँकेको नेपालगन्ज हिँडेकी थिइन्।
बच्चा रो’एको आवाज सुनेपछि अरू या’त्रुले हेर्दा धर्माकुमारी ह’लनचल अवस्थामा भेटिएकी थिइन्। बच्चा अरूसँग नफकिएपछि केहीबेर मृ’त आमाकै काखमा राखिएको थियो। ती बालकलाई लुम्बिनी एसओएस बालग्राममा राख्न सबै चाँ’जोपाँ’जो मिलाइसकिएको बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले बताए।
शर्माले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत बालकको बारेमा बुझ्ने प्रक्रिया अघि बढाइएको सुनाए। उनका अनुसार बालकका बुवाले १३ दिनको का’जकि’रिया सकिएपछि मात्र यस विषयमा कुरा गर्ने बताएका छन्। यसको टुं’गो १५ दिनभित्र लाग्ने उनले बताए।
भने, ‘बालकका बुवाले स्वीकृति दिनुभयो भने हामीले लुम्बिनी बालग्राममा राख्न सबै व्यवस्था मिलाइसक्यौं। बुबाले म आफैं पा’ल्छु भन्नुभयो भने उहाँलाई स्वरोजगार बनाउन आवश्यक तालिम र अन्य सहयोग पनि हामी गर्छौं।’ यो संस्थाले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने तथा शिक्षादीक्षामा सहयोग पुर्याउँदै आएको छ।
Views: 0