नारायण मुग्लिन सडकखण्डवाट आयो यस्तो खबर, ट्राफिक प्रहरीले गर्यो यात्रुलाई आग्रह

२०७८ भाद्र ११, शुक्रबार १५:४७ गते २०७८ भाद्र ११, शुक्रबार १५:४७ गते २०७८ भाद्र ११, शुक्रबार १५:४७ गते

काठमाडौ । तिदेखि पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । तर पहिरोको जोखिम कायम रहेकाले जोखिम भने यथावत छ । विहिवार राती देखि नै अवरुद्ध भएको सडक विहान पहिरो पन्छाएपछि सूचारु भएको हो ।

पहिरो पन्छाएलगत्तै शुक्रबार बिहान ९ बजेदेखि सो सडक खण्ड पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बिहीवार राति करिव ८ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर–२९ सेतिदोभानमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन शुक्रबार बिहान ६ बजेबाट पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई दुईतर्फी नै सुचारु भएको छ, जाममा रहेका सवारीहरू गन्तव्यतर्फ पठाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक भगवानराज थापाले बताए । लगातार वर्षा भइरहेकाले सो सडकखण्डमा पहिरोको जोखिम कायम रहेकाले सतर्क भएर यात्रा गर्न उनले आग्रह गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed