अस्पतालमा उपचाररत मोडेल निशा घिमिरेको मृत्यु को हल्ला कस्ले गर्यो ? के हो वास्तविकता ?

२०७८ भाद्र १२, शनिबार १५:५६ गते २०७८ भाद्र १२, शनिबार १५:५६ गते २०७८ भाद्र १२, शनिबार १५:५६ गते

काठमाडौ । नायिका तथा कलाकार निशा घिमिरे ( nisha ghimire ) हाल नर्भिक अस्पतालमा उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था पहिले भन्दा केही सुधारोन्मुख छ । उनको उपचारको लागि भनेर देश विदेशबाट विभिन्न कलाकार एवं सामाजिक अभियन्ता हरूले सहयोग जुटाइरहनुभएको छ।

अस्पतालमा डाक्टर एवं नर्सहरू उनको उपचारका लागि खटिरहनुभएको छ। अस्पताल स्वयंले निशुल्क उपचार गर्ने बचन दिएर निरन्तर विशेष कक्षमा उपचार भइरहेको छ ।
तर केही टिकटक प्रयोगकर्ताहरूले निशा घिमिरेको मृत्यु, हार्दिक श्रद्धाञ्जली, रिप भनेर पोस्ट गरिदिँदा उनको परीवार एवं आफन्तहरू यतिबेला पीडामा हुनुहुन्छ।

सस्तो लोकप्रियताका लागि वा फलोअर्स का लागि मानिसहरुले मानवता नै भुलेका छन् । उनको परिवारको कोही सदस्यलाई यसरी नै अरुले भनेका भए के हुन्थ्यो । पोष्ट गर्ने जो जो हौ एकपटक सोच त ।

निशा घिमिरेको बुबा भन्नुहुन्छ, परीवारको सदस्य आफ्नो छोरी अस्पतालमा उपचार भैरहेका बेला यसरी गलत सूचना सम्प्रेषण गरेको प्रती दुःख व्यक्त गर्दै आफ्नो परीवारमा यस्तै भएको भए के गर्नु हुन्थ्यो भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।

उहाँले यो विषयलाई लिएर कानूनी कार्वाहीको लागि प्रहरीमा गएर उजुरी समेत दिने तयारी गरेको बताएका छन्। उनले आफ्नो मोबाइल खोलेर हेर्दा आफ्नी छोरीको मृत्युको खबर एक्कासि फैलिएको पाउँदा आफूलाई सारै दुख लागेको र विभिन्न आफन्त, मिडियाकर्मी, कलाकारहरूको समेत फोन आइरहेको बताउनुभएको छ।

जिन्दगीमा घरीघरी चोट लाग्दा खेरी एकान्तमा रुन्छु एक्लै मनको ऐना हेरी यति राम्रो अभिनय गरेर सबैको मन जितेकी निशा घिमिरे आज हस्पिटलको बेडमा मृत्युसँग लडिरहेकी छिन् यतिबेला ।

तर यही समाजका सदस्य टिकटकमा फलोअर्स पाउनका लागि गलत सूचना सम्प्रेषण गरिरहेका छन् । उनीहरुलाई धिक्कार भन्नुको अर्को शब्द छैन । हामी उहाँको सुस्वास्थ्य र दिर्घायूको कामना गर्दछौ । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed