अनिच्छुक ग’र्भबाट बच्नका लागि ग’र्भनिरोधक औषधी र कण्ड’मको प्रयोग गरिन्छ । यद्यपी, अब महिला ग’र्भनिरोधकका यी पुरानो तरिकालाई छोडेर नयाँ तरिकातर्फ अघि बढिरहेका छन् ।
इंगल्याण्डको नेशनल हेल्थ सर्भिसका अनुसार आजकाल धेरैजसो महिला ग’र्भधान रोक्नका लागि नयाँ विकल्पको अनुशरण गरिरहेका छन् । नयाँ तरिका अपनाउने महिलाको संख्या सन् २००७ मा २१ प्रतिशत थियो जुन सन् २०१७ सम्ममा ३९ प्रतिशत पुगेको छ ।
महिलाहरु अब दैनिक रुपमा सेवन गर्नुपर्ने पिल्स वा क’ण्डमको प्रयोगबाट बच्न चाहन्छन् । उनीहरु लामो समयसम्म टिक्ने ग*र्भ’निरोधक तरिका अपनाइरहेका छन् ।
ग*र्भधान रोक्ने नयाँ तरिकाः
लामा समयसम्म टिक्ने यी ग’र्भनिरोधक विकल्पलाई ‘लंग एक्टिङ रिवरसिबल कन्ट्रासेप्शन’ भनिन्छ ।
यसलाई पिल्स जस्तो दैनिक खानुपर्ने आवश्यक छैन । एकपटक लगाएपछि यसले लामो समयसम्म असर देखाउँछ ।
यी विभिन्न प्रकारका हुन्छन्ः
– कपर कोइल वा इन्ट्रायूटरिन डिभाइस (आइयूडी) – यो प्लाष्टिक र तामाको उपकरण हो जसलाई महिलाको पा’ठेघरमा राखिन्छ ।
– हर्मोनल कोइल वा इन्ट्रायस्टरिन सिस्टम (आइयूएस) – यो त् आकारको सानो उपकरण हुन्छ जसले एक प्रकारको ह’र्मोनको निष्काशन गर्छ । यसलाई पनि पा’ठेघरमा राखिन्छ ।
– इम्प्लान्ट ; यो पनि एक प्रकारको मेडिकल उपकरण हो जसलाई महिलाको हातमा फिट गरिन्छ ।
– सूई ‘यद्यपी, ४४ प्रतिशत महिला आज पनि ग’र्भनिरोधक चक्कीको प्रयोग गर्छन् । तर यो आँकडा १० वर्षमा निकै खस्किएको छ ।
महिला नयाँ विकल्प तर्फ आकर्षित हुनुको कारण के हो त ?
ग’र्भनिरोधका विभिन्न विकल्प छन् र महिला लामो समयसम्म टिक्ने र हर्मोन रहित विकल्प प्रयोग गरिरहेका छन् ।
डाक्टरका अनुसार महिलाहरुले यसबारे एक आपसमा सल्लाह गर्ने गर्छन् र यसबारे जानकारी प्राप्त गर्छन् । डाक्टर भन्छन्, ‘ग’र्भनिरोधबारे जो महिलाको अनुभव राम्रो रह्यो, उनीहरुले आफ्ना साथीलाई पनि यसबारे सुझाउँछन् ।’
रोज २५ वर्ष पुगिन् र स्पेनमा बस्छिन् । उनी चक्कीको साटो कोइलको प्रयोग गर्न थालेकी छिन् । उनी भन्छिन्, ‘म गर्भनिरोधको एक स्थायी विकल्प चाहन्थें । सधैं यसबारे नै सोचिराख्न म चाहन्नथें ।’
यस्तै २७ वर्षीया सारा भन्छिन्, ‘चक्कीसँग नाटक हुन्छ । कहिलेकाँही औषधी खान बिर्सिए गर्भ रहने खतरा हुँदा मन आत्तिरहन्छ ।’
Views: 1