काठमाडौं : कतार प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरु भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि. बाट पेश भएको उक्त माग पत्र प्रमाणीकरण गरेको दूतावास श्रोतले बतायो ।
उक्त मागपत्र आइतबार नै अनलाइन मार्फÞत ताहचलस्थित बैदेशिक रोजगार कार्यालयीन पेश भएको र सो मागपत्रले पूर्व स्वीकृति पाएको पनि मन्त्रालयको आर्को श्रोतले मध्यान्हलाई बतायो । तर अहिले राजधानीमा कतार प्रहरीमा रोजगारी लगाउने भन्दै चलखेल शुरु भएको छ ।
अब अहिले कतारमा रहेका धेरै नेपाली युवाहरुको जिज्ञासा भनेको कतारमा रहेका नेपालीले कतार प्रहरीमा भर्ना हुन पाउछ कि नाइँ भन्ने हो ।
कतारले नेपाल सरकार संग गरेको सम्झौतालाई आधार मन्नेहो भने कतार प्रहरीमा निजि मेनपावर कम्पनीले नै पठाउने छ । मेनपावर कम्पनीले मागपत्र प्रमाणीकरणको काम शुरु समेत गरेको छ ।
त्यस्तो अवस्थामा ती मागपत्र प्रमाणीकरण भएको मागमा नेपालबाट नै कतार प्रहरीमा भर्ना हुन सकिने जानकारहरु बताउदै आएका छन् ।
यश अर्थमा कतारमा रहेका नेपालीहरुले कतार प्रहरीमा जान नपाउने भने होईन , कतारमै रहेको एजेन्सी मार्फत सम्पर्कमा आएर कतार प्रहरीमा कतारमा रहेका नेपालीहरु जान सकिने जानकार बताउछन् तर कतारमा रहेका त्यस्ता एजेन्सीमा सबै नेपाली युवाहरुको पहुच नभएको समेत बताउछन् जानकार ।
कतार प्रहरी सेवा सुबिधा र तलबको दृष्टिबाट निकै राम्रो मानिएको ले कयौ कतारमा रहेका नेपालीहरुले कतार प्रहरीमा जाने इच्छा पालेको हुन सक्छन् ।
त्यस्तो अवस्थामा कतार प्रहरीको लागि अनुमती लिएका र माग पत्र प्रमाणीकरण गरेका मेनपावर कम्पनी संग समन्वय गरेर बाकी प्रोसेसको बारेमा बुझेर कतार प्रहरीमा जान सकिने ठाउँ भने जिवितै रहेको जानकार बताउछन् ।
यता राजधानीमा रहेका अत्यन्त सीमित म्यानपावर कम्पनीले मात्र मागपत्र प्रमाणीकरण गरी पूर्व स्वीकृति लिने बुझिएपनि राजधानीका केही म्यानपावर कम्पनी र उनीहरुद्वारा निर्देशित केही अवैधानिक एजेन्टहरु डिमाण्ड नभएपनि पार्टी प्यालेस बुक गरी भविष्यमा डिमाण्ड आउने आश्वासनका भरमा अन्तर्वार्ता गराउन शुरु गरेका छन् ।
त्यसकारण कुनै पनि निर्णयमा पुग्न सबै कुरा बुझेर मात्रै प्रक्रिया सुरु गर्न हुन र सम्बन्धित मेनपावर कम्पनी र निकायमा मात्रै सम्पर्क गर्न अनुरोध समेत गर्दछौ ।
Views: 0