चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने

२०७८ भाद्र १५, मंगलवार ०५:५४ गते २०७८ भाद्र १५, मंगलवार ०५:५४ गते २०७८ भाद्र १५, मंगलवार ०५:५४ गते

चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागका निर्देशक डा. लोकनाथ भुषालले भने, “सात दिनको समया राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन भएको छ । सोही अनुसार कार्यालयहरुले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्नेछन् ।” यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ललितपुर सवारी चालक अनुमतिपत्र कार्यालयले २० भदौदेखि सञ्चालन गर्ने गरी आइतबार सूचना प्रकाशित गरेको छ ।

जसअन्तर्गत प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने परीक्षाहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरु, प्रयोगात्मक परीक्षामा अनुतीर्ण भई पुनः सहभागी हुन बाँकी परीक्षार्थी तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरुको लागि परीक्षा सञ्चालन हुनेछ ।

विभागबाट जानकारी प्राप्त भएको र कार्यालयले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्ने बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा का सूचना अधिकरी राजु अर्यालले बताए । विभाग अन्तर्गत १९ वटा यातायात सेवा कार्यालयहरुबाट सेवा प्रवाह हुँदै आएको छ ।

गत वैशाख १४ देखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा खुलाउन जनस्वास्थ्यको मापदण्ड पूरा गरी प्रगोगात्मक परीक्षा गर्ने विषयमा भदौ पहिलो साता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र विभागबीच छलफल भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *