शेयर बजार घटेर राताम्मे, साढे नौ अर्ब रुपैयाँको कारोबार

२०७८ भाद्र १७, बिहीबार १८:२७ गते २०७८ भाद्र १७, बिहीबार १८:२७ गते २०७८ भाद्र १७, बिहीबार १८:२७ गते

शेयर बजार घटेर राताम्मे, साढे नौ अर्ब रुपैयाँको कारोबार
साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ९० अंकले घटेको छ ।

आज सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर १६ अङ्कले, विकास बैंकको एक सय ८६ अङ्कले, जलविद्युतको एक सय १६, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर साढे २३ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर तीन सय ४२, निर्जीवन बीमा समूहको दुई सय ३३, उत्पादनको एक सय २७, अन्य समूहको ३७ र लगानी समूहको शेयर साढे तीन अङ्कले घटेको छ ।

आज नारायणी विकास बैंक, कर्णाली विकास बैंक, अरुण काबेली पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सानिमा लाइफ इन्सोरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय ३० कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ५० करोड ५९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ५७ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ । जसबाट कारोबार रकम ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँ पुगेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *