जति नै भोक लागेपनि यी ४ व्यक्तिको घरमा कहिले खाना खानु हुँदैन।।

२०७८ भाद्र २१, सोमबार १६:३६ गते २०७८ भाद्र २१, सोमबार १६:३६ गते २०७८ भाद्र २१, सोमबार १६:३६ गते

जति नै भोक लागेपनि यी ४ व्यक्तिको घरमा खाना खानु हुँदैन । कुनै दिन घर छोडेर हामी खाना खान अन्य व्यक्तिको घरमा पुग्न सक्छौं । शास्त्रमा उल्लेख भए अनुसार हामीले अन्य व्यक्तिको घरमा खाना खानु भन्दा अगाडी धेरै कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ।

आज हामी तपाईहरुलाई शास्त्रमा उल्लेख गरिए शास्त्रका अनुसार ४ ब्यक्तिको हातको खाना खानु धार्मिक र आर्थिक दृष्टिले घातक बारे जानकारी दिन जाँदै छौँ।

१. क्रोधी व्यक्ति : पुरणमा बताइएको छ कि क्रोधी र हिश्रक व्यक्तिको हातको अन्न खानु हुँदैन। यस्ता व्यक्तिको हातको खाना खाँदा पाप भोग्नु पर्ने कुरा गरुण पुराणमा उल्लेख गरिएको छ। यसका साथै अनैतिक कार्यबाट धन कमाएको व्यक्तिको घरमा समेत कुनै प्रकारको अन्न खान हुँदैन।

२. ब्याजमा ऋण दिने ब्यक्ति : कुनै पनि ब्याजमा ऋण दिने ब्यक्तिको घरमा खाना नखाएको राम्रो हुन्छ। गरुण पुराणले ब्याजमा ऋण दिने ब्यक्तिलाई अत्याचारी भनेको छ । यस्ता व्यक्तिले अरुमाथि अत्याचार गर्ने हुँदा यस्ता ब्यक्तिको घरको खाना खाँदा धर्म नाश हुन्छ र पापको हिस्सा बनिन्छ ।

३. तामसी : तामसिक वस्तुको सेवन गर्नेहरुको घरमा पनि अन्न खान नहुने शास्त्रमा उल्लेख छ । यस्ता व्यक्तिको घरमा अन्न खाँदा पाप भोग्नु पर्ने कुरा पनि गरुण पुराणमा उल्लेख गरिएको छ।

४. चरित्र हिन व्यक्ति : गरुण पुराणमा नैतिकरुपमा चरित्रहिन ब्यक्ति स्त्री वा पुरुष जो भएपनि त्यस्ता व्यक्तिको घरमा खाना खान नहुने बताइएको छ ।

परस्त्री वा परपुरुषसँग शारीरिक सम्बन्ध राख्नेहरुको घरमा खाना खान नहुने उक्त पुराणमा लेखिएको छ । यस्ता व्यक्तिको घरमा खाना खाँदा पापको भागी आफू पनि भइन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed