काठमाडौं । व्यनसायी रुक्म शमसेर राणाको निधन भएको छ । शनिबार विहान उनको निधन भएको हो ।
उनी डाबर नेपालका एक मात्र एकमात्र नेपाली लगानीकर्ता थिए । साथै भारतका लागि राजदूत तथा २ पटकसम्म नेपाल राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष समेत रहेका थिए ।
राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष छन् ।
उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म उक्त पदमा रहेर काम गरेका थिए। उनको जन्म सन १९३६ मार्च १२ मा भएको थियो। कलकत्तामा जन्मिएका उनले दुन स्कुलमा अध्ययन गरेका थिए । उनी नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेरका छोरा समेत हुन् । उनका ज्वाइँ अनिलकेशरी शाहका अनुसार राणाको आइतबार दाहसंस्कार गरिनेछ।
Views: 0