पशुपतिनाथ मन्दिरको जलहरीको ११ किलो सुन कता हरायो ?

२०७८ भाद्र २७, आईतवार ०९:१४ गते २०७८ भाद्र २७, आईतवार ०९:१४ गते २०७८ भाद्र २७, आईतवार ०९:१४ गते

काठमाडौं । हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथमा राखिएको सुनको जलहरी केही समयमा नै च्यातिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिनाथको मुख्य मन्दिरमा रहेको भगवान् शिवको मूर्ति रहेको मन्दिरमा हालिएको जलहरी ४ महिनामा नै च्यातिएपछि पशुपति विकास कोषले पुनः मर्मत गर्न खोजेपछि अख्तियारले पत्र लेखेको छ । सो पत्रपछि मर्मत प्रक्रिया रोकिएको छ ।

प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको ३० करोड र कोषले उपलब्ध गराएको ५० करोड रुपियाँमा १ सय ८ किलो सुन खरिद गरेर पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको थियो ।

जलहरी बनाउँदा अनियमितता भएको उजुरी परेपछि अख्तियारले पशुपति विकास कोषको नाममा पत्र लेखेर उक्त विवरण माग गरेको र ४ महिनाअघि राखिएको जलहरी अहिले कसरी च्यातियो भन्ने प्रश्न गरेपछि कोष अफ्ठेरोमा परेको छ ।

पशुपतिको मन्दिरमा जलहरी राख्दा ११ किलो सुन हिनामिना भएको घटना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। यसअघि जलहरी राख्न नहुने भन्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चले असोज १८ गते मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोकेको छ। पशुपति मन्दिरमा जलहरी राख्न नहुने भन्दै परेको रिटमा सर्वोच्चले सुरुमा अन्तरिम आदेश दिएर पछि उक्त आदेश नै खारेज गरेको थियो ।

जलहरी राखिएको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ। तर त्यही जलहरी राख्ने क्रममा ११ किलो सुन हिनामिना भएको भन्दै अख्तियारमा कोष भित्रैबाट उजुरी परेपछि छानविन थालिएको हो। यसअघि ९६ किलोभन्दा बढी सुन प्रयोग गरेर बाँकी पछि थपिने भनिएको थियो। १०८ किलो सुन राष्ट्र बैंकबाट निकासा भइसकेको छ। तर जलहरीमा थप सुन लगाइएको छैन।

राष्ट्रपतिले उद्घाटन गर्दा ताभ्रपत्रमा १०८ किलो सुन उल्लेख गरिएको छ तर जलहरीमा १०८ केजी सुन प्रयोग भएको छैन । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा करिब ११ किलो सुन घोटाला भएको उजुरी आएपछि क्षेत्र विकास कोषका सदस्यसचिवसहित संलग्नसँग बयान लिने काम भइरहेको अख्तियारले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed