दीपक मनाङे भन्छन्,- मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु मेरो के छ ? के छैन ? थाहै छैन

२०७८ भाद्र २७, आईतवार १९:२९ गते २०७८ भाद्र २७, आईतवार १९:२९ गते २०७८ भाद्र २७, आईतवार १९:२९ गते

काठमाडौँ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले नियुक्त भएको ६० दिन पुग्दा समेत आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छैनन् ।

आज आइतबार पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने , ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु । मेरो के छ ? के छैन ? जम्मै पहिलेको श्रीमती, छोराछोरीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन्,’

भ्रष्ट्राचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको दुई महिनाभित्र उनले सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने उनले आजको दिनसम्म पनि सम्पति विवरण पेश गरेका छैनन् ।

उनले भने, ‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गरिदिएको बताएका उनले सम्मेलनमा भने, धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन, आउनेवाला छ भनेर लेख्न पनि गाह्रो १ मेरो नाममा केही छैन । मनाङले केहि पुराना सम्पति भएपनि मुद्दा मामिलामै रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले अघि भने, ‘सम्पत्ति शुद्धीकरणको मेरोमात्रै यस्तो केश हो, जुन सर्वोच्च जान पाएन । नत्र अरु सबैको गाको छ,विदेश गएको बेला हुन्डी गरेर नेपाल पैसा पठाएको भनेको थियो । मुख्य न्यायाधीशकै छोरा पनि हुन्डी गर्दो रै’छ । जमाना नै त्यस्तो थियो । आइएमई पनि रजिस्ट्रर भइसक्या थिएन । म भगवान हो त सबै जान्ने ?’

आफुले २०५८ सालबाटै व्यापार छाडेकाले अहिले कुनै पनि व्यवसायमा आवद्ध नभएको बताएका उनी आफुले अब कहिले सम्पति विवराण् पेश गर्ने भनेर नभनि सम्मेलन सकियो भन्दै बाहिरिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *