विश्वकप २०२२ को लागि कतारले नेपाली सुरक्षागार्ड भर्ना गर्दै, यस्तो छ तलब र छनौट

२०७८ भाद्र ३०, बुधबार १९:५२ गते २०७८ भाद्र ३०, बुधबार १९:५२ गते २०७८ भाद्र ३०, बुधबार १९:५२ गते

फीफा विश्वकप २०२२ को लागी कतार रोजगारमा सामेल हुने राम्रो अवसर आएको छ। श्रम मन्त्रालय २०२२ विश्वकप फुटबल २०२२ को सफल आयोजनाको लागि नेपाली परिचालन गर्ने भएको हो ।

नेपालीलाई कतार बिश्वकपको सुरक्षाको रुपमा लिने भए संगै नेपालीहरुलाई रोजगारिको राम्रो अवसर सृजना हुने भएको छ।कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले नेपालका गृहमन्त्री रामबहादुर थापासँग भेटेर सुरक्षा गार्डका रूपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको र यसका लागि छुट्टै सम्झौता गर्न समेत कतार सरकार तयार रहेको बताएका थिए।

जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका थिए। गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि भेटवार्तामा आग्रह गरेका थिए ।

राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेको सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि निम्ता समेत गरेका छन्।

सोको लागि कतार सरकारले सुरक्षागार्डको लागि छिट्टै मागपत्र पठाउने भनिएको छ भने बिश्वकपको सुरक्षागार्डमा परिचालन हुने नेपालीलाई कम्तिमा १ बर्षको करार गरिनेछ भने तलब सुबिधा कतार प्रहरी बराबर नै दिइने अनुमान गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *