नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७८ आश्विन ३, आईतवार २२:५६ गते २०७८ आश्विन ३, आईतवार २२:५६ गते २०७८ आश्विन ३, आईतवार २२:५६ गते

काठमाडौं, ३ असोज – चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल सहित सिरहा लहान नगरपालिका-४ बस्ने २६ वर्षीय आनन्द प्रसाद दासलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१-०२-००१ ख ८८६९ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तास खेलिरहेको अवस्थामा २ जना पक्राउ

सुर्खेत, ३ असोज – वीरेन्द्रनगर नगरपालिका-६ न्यूरोडस्थित पुल हाउसमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३१ वर्षीय डम्बर महतरा लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको ।
उक्त पुल हाउसमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ७४ हजार ६ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सर्लाही, ३ असोज – लालबन्दी नगरपालिका-१ स्थित सडकमा प्र.२-०२-००१ त १३७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-११ बस्ने २७ वर्षीय सुकेश्‍वर राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हरिवन स्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *