टिकटक बनाउने भन्दा सेतीमा जाँदा खसेकी युवती यस्तो अवस्थामा फेला परिन

२०७८ आश्विन ५, मंगलवार २२:१४ गते २०७८ आश्विन ५, मंगलवार २२:१४ गते २०७८ आश्विन ५, मंगलवार २२:१४ गते

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बे’प’त्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ ।

टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा ख’सेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् । १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आफन्तले पहिचान गरेका छन् । “शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो ।

विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरुले उनको भिडिओ खिचेका थिए । भिडिओमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *